२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

अढाई दर्जन संघ संस्थाहरुको आयोजनामा बेलबारीमा हुनेभो ‘रोजगार मेला’

Author Uttari Morang
आइतबार, साउन २६, २०७६
अढाई दर्जन संघ संस्थाहरुको आयोजनामा बेलबारीमा हुनेभो ‘रोजगार मेला’

विभिन्न संघसंस्थाहरुको आयोजनामा यहि साउन २७ गते सोमबार बेलबारी १ स्थित मदन मोहन आश्रित पुष्परत्न सांस्कृतिक भवनमा रोजगार मेला आयोजना हुने भएको छ ।

लियो क्लब अफ बेलबारीको संयोजनमा विभिन्न ३० वटा भन्दा धेरै संस्थाहरुको समेत संयुक्त आयोजना रहने छ । शनिबार कार्यक्रमबारे बेलबारीमा पत्रकार सम्मेलन गरेर दिइएको जानकारी अनुसार कार्यक्रम सम्पन्न गर्नका १८ सदस्यीय मुल आयोजक समिति बनाइएको छ ।
अन्तराष्ट्रिय युवा दिवसको दिन हुने कार्यक्रम अन्तर्गत युवाहरुका लागि रोजगार मेला, समाज निर्माणमा युवाहरुको भुमिकाबारे संवाद कार्यक्रम, नृत्य प्रतियोगिता, सांस्कृतिक भेषभुषाको प्रदर्शनी (कल्चरल र्याम्प),फेस पेन्टिङ लगायत रहने युथ फेस्टिवल अर्गनाइजिङ कमिटीका संयोजक सुनिल रिजालले जानकारी दिए ।
रोजगार मेलामा विभिन्न रोजगार प्रदायक संस्थाहरुको स्टल रहने छन्  ।

युवाहरुले ती स्टलहरुबाट रोजगारीको अवसरबारे बुझेर प्रकृया अगाडी बढाउन सक्ने कार्यक्रमका प्रचारप्रसार संयोजक गोविन्द खड्काले जानकारी दिए । आफ्नो योग्यताको प्रमाणपत्र र फोटो सहित उपस्थित हुन  आयोजकले युवाहरुलाई आग्रह गरेको छ ।
देशका लागि केही गरांै भनेर युवाहरुको मनोवल बढाउने र सम्भव भएसम्म रोजगारीको अवसर पनि सिर्जना गर्न सकियोस भनेर कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।