२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

कबीर मन्दिरको आठौं साधारणसभा सम्पन्न, नयाँ संचालक समिति गठन

Author Uttari Morang
आइतबार, साउन २६, २०७६
कबीर मन्दिरको आठौं साधारणसभा सम्पन्न, नयाँ संचालक समिति गठन

बेलबारी नगरपालिका वार्ड नं २ मा रहेकाे कबीर मन्दिरको आठौं  साधारणसभाले जे. बी. थुलुङको अध्यक्षतामा नयाँ संचालक समिति गठन गरेको छ ।

बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुली, वाड नं २ का वाडाध्यक्ष घनश्याम गाैतम, कबीर माविका प्रधानाध्यापक दुर्गाप्रसाद गाैतम लगायतकाे आतिथ्यतामा भएको साधारणसभाले सो समिति गठन गरेको हो ।

साधारणसभाले थुलुङकाे अध्यक्षतामा गठन गरेको १३ सदस्यीय नयाँ व्यवस्थापन समितिको बरिष्ठ उपाध्यक्षमा खगेन्द्र न्यौपाने, उपाध्यक्षमा भोला गौतम, सचिवमा दिपक शर्मा, सह–सचिवमा राजुदेव राई, कोषाध्यक्षमा विन्दा दाहाल लगायत सदस्यहरु चयन भएका छन् ।

निवर्तमान अध्यक्ष सनत कुमार ढकालको सभापतित्वमा संपन्न साधारणसभामा निवर्तमान कोषाध्यक्ष तिला गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन ।

कबीर मन्दिरले विभिन्न संघ संस्था तथा महानुभावहरुकाे लगानीमा वहुउपयाेगी सामुदायिक भवन निर्माण गरेकाे छ ।