२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

कक्षा ११ मा कानुन पनि पढाउन थाल्यो शिक्षा सन्देशले, विद्यार्थीलाई गरियो स्वागत तथा सम्मान

Author Uttari Morang
आइतबार, भाद्र ०१, २०७६
कक्षा ११ मा कानुन पनि पढाउन थाल्यो शिक्षा सन्देशले, विद्यार्थीलाई गरियो स्वागत तथा सम्मान

बेलबारी, माेरङ/बेलबारी नगरपालिका वार्ड नं २ मा रहेकाे शिक्षा सन्देश ई स्कुलले  यस शैक्षिक बर्षदेखि कक्षा ११ मा कानुन बिषयको पढाइ सुरु गरेको छ ।

पुर्वमै पहिलोपटक कानुन बिषयको पढाइ शुरु गरेको दाबी गरेको विद्यालयले यसै शैक्षिक शत्रदेखि सो बिषय पढाउन थालेको हो ।  माेरङ क्षेत्र नं ३ बाट निर्वाचित प्रदेश सभाका सांसद राज ओझाको प्रमुख आतिथ्यतामा आइतबार एक कार्यक्रमबिच कक्षा ११ का नयाँ विद्यार्थीहरुलाइ स्वागत तथा सम्मान गरिएको छ ।

शिक्षा सन्देश ई स्कुलले ११ कक्षामा भर्ना भएका नयाँ विद्यार्थीका लागि आयाेजना गरेकाे स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा बाेल्दै सांसद ओझाले शिक्षा क्षेत्रमा सरकारले करोडौँ लगानी गरेको तर प्रतिफल सोचेजस्तो नभएको भन्दै व्यवहारिक शिक्षाले मात्र आजकाे आवश्यक्ता पूरा गर्ने वताए ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित भएका   सांसद ओझाले एक फरक प्रसंगमा राज्य कानुनद्वारा निर्देशित भएकाेले कुनै पनि कुरा भिडले निर्देशित गर्न नसक्ने वताए ।

साे अवसरमा पूर्व सांसद हर्कमान तामाङ, बेलबारी नगरपालिका वार्ड नं २ का वाडाध्यक्ष घनश्याम गाैतम, शिक्षा सन्देश शैक्षिक प्रतिष्ठानका व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणजङ्ग थापा, बागदेवी सामुदायिक वनका अध्यक्ष फणिन्द्रबहादुर थापा, युवा जागरण अभियानका अध्यक्ष सुजितकुमार बस्नेत, बेलबारी जेसिसका अध्यक्ष दिपेन्द्र खुलाल लगायतकाे सहभागिता रहेकाे थियाे ।

विद्यालयका प्रिन्सिपल राजेश खत्रीले विद्यालयकाे शैक्षिक गतिविधिकाे वारेमा जानकारी गराएका थिए ।

साे अवसरका नगर शिक्षा अधिकृत एलिना बस्नेत, बेलबारी नगरपालिका वार्ड नं २ का वाडाध्यक्ष घनश्याम गाैतम लगायतले शिक्षा सन्देशले गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएकाेमा खुसी व्यक्त गर्दै आगामी दिनका लागि शुभकामना समेत दिएका थिए ।

साे अवसरमा वर्षभरिका विभिन्न विधामा उत्कृष्ठ हुने कक्षा १२ का विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत समेत गरिएकाे थियाे । स्कुलले यस अघि होटल म्यानेजमेण्ट लगायतका बिषयमा पनि अध्यापन गराउदै आएको छ ।