२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
कला/संस्कृति

सुन्दरहरैंचा सिङ्गिङ आईडल २०७६ हुँदै, तीन सयभन्दा बढी सहभागी हुने अपेक्षा

Author Uttari Morang
सोमबार, भाद्र ०२, २०७६
सुन्दरहरैंचा सिङ्गिङ आईडल २०७६ हुँदै,  तीन सयभन्दा बढी सहभागी हुने अपेक्षा

सुन्दरहरैंचा, माेरङ/ स्थानीय प्रतिभालाई प्रवर्धन गर्ने उद्देश्यले सुन्दरहरैंचामा पहिलाे पटक “सुन्दरहरैंचा सिङ्गिङ आईडल -२०७६” संचालन हुने भएकाे छ ।

सुन्दरहरैंचा नगरपालिकामा आइतबार पत्रकार सम्मेलन गरेर आयाेजकले उक्त जानकारी गराएकाे हाे ।

भाद्र १३ गतेबाट छनाैट चरणबाट सुरु हुने  यस प्रतियाेगिताकाे फाईनल प्रतियाेगिता भने असाेज ११ गते हुने आयाेजकले जनाएकाे छ ।

प्रतियाेगितामा तीन सयकाे हाराहारीमा सहभागिता रहने आयाेजकले अपेक्षा गरेकाे छ ।

पत्रकार सम्मेलनमा आयाेजक संस्था सुन्दरहरैंचा सास्कृतिक परिवारका अध्यक्ष आनन्द बस्नेतले नगरकै पहिचान जाेडिएकाे यस कार्यक्रमलाई सफल पार्न आफूहरु लागिरहेकाेले सबै तह र तप्काबाट पूर्ण सहयाेगकाे आशा  व्यक्त गरे ।

सुन्दरहरैंचा उद्याेग वाणिज्य सङ्घका अध्यक्ष नवराज चापागाईले नगरकै प्रतिष्ठा जाेडिएकाे कार्यक्रम भएकाेले यसलाई सफल पार्न आफूहरुकाे पूर्ण सहयाेग रहने वताए ।

पत्रकार सम्मेलनमा सुन्दरहरैंचा नगरपालिका वार्ड नं १२ का वडाध्यक्ष राेषन ढकाल, सुन्दरहरैंचा नगर कार्यपालिका सदस्य भक्तकिरण राई, कलाकार जेवि थुलुङ लगायतकाे सहभागिता रहेकाे थियाे ।