२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

स्कुले किशोरीहरुलाइ सेनेटरी प्याड बनाउन सिकाउँदै बेलबारी जेसिज, किशोरीहरु दंग 

Author Uttari Morang
मंगलबार, भाद्र ०३, २०७६
स्कुले किशोरीहरुलाइ सेनेटरी प्याड बनाउन सिकाउँदै बेलबारी जेसिज, किशोरीहरु दंग 

बेलबारी जेसिजको आयोजनामा मोरङको बेलबारी नगरपालिका भरीका विद्यालयका किशोरीहरुका लागि यौन हिंसा तथा प्रजनन स्वास्थ्य शिक्षा र घरेलु सेनेटरी प्याड निर्माण तालिम शुरु भएको छ । 

सबै वडाका विद्यालयहरुमा यौन हिंसा तथा प्रजनन स्वास्थ्य शिक्षा र घरेलु सेनेटरी प्याड निर्माण तालिम गर्ने योजना अन्तरगत मंगलबार बेलबारी ८,९,१० र ११ का विद्यार्थीलाई तालिम दिइएको छ । बेलबारी ११ स्थित लक्ष्मी माविमा भएको कार्यक्रमको पहिलो चरणमा उद्घाटन कार्यक्रमसँगै यौन हिंसा तथा प्रजनन स्वास्थ्य शिक्षा दिइएको थियो । उद्घाटन कार्यक्रममा दर्जनभन्दा बढी विद्यालयका प्रधानाध्यापकहरु, जेसिजका पुर्व अध्यक्ष राजन प्रसाईं, उद्योग बाणिज्य संघ बेलबारीका उपाध्यक्ष राजेशजंग कार्की लगायत जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, सञ्चारकर्मी र जेसिजका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।

बेलबारी जेसिजका अध्यक्ष दिपेन्द्र खुलालको सभापतित्वमा भएको कार्यक्रममा भएको कार्यक्रममा बेलबारी ११ का वडाध्यक्ष यमबहादुर पोख्रेल (राजन) को प्रमुख आतिथ्यता थियो । 

अर्को चरणमा संचालित घरेलु सेनेटरी प्याड निर्माण तालिममा चारवटा वडाका झण्डै सय किशोरीहरु सहभागी भएका छन् । सो तालिममा सामाजिक अभियन्ता तथा ब्यबशायी सुनिता हुमागाइँ लगायतले तालिम दिएका छन्  । तालिम अन्यन्त राम्रो र उपयोगी भएको सहभागी किशोरीहरुले बताएका छन् ।

जेसिजले तय गरेको कार्यक्रम अनुसार बुधबार बेलबारी वडा नं ५, ६, ७ का विद्यालयका किशोरीहरुका लागि  धनपाल माविमा र बिहीबार बेलबारी १,२,३ र ४ वडाका लागि कसेनी माविमा घरेलु सेनेटरी प्याड निर्माण तालिम दिने कार्यक्रम रहेको बेलबारी जेसिजका अध्यक्ष दिपेन्द्र खुलालले बताए ।