२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

बहुप्राविधिक शिक्षालय सञ्चालन गर्ने नेपालकै पहिलो स्थानीय तह बन्नेभो दमक नगरपालिका

Author Uttari Morang
बिहिबार, भाद्र ०५, २०७६
बहुप्राविधिक शिक्षालय सञ्चालन गर्ने नेपालकै पहिलो स्थानीय तह बन्नेभो दमक नगरपालिका

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट यो पहिलो बर्ष सिभिल ओभरसियर र होटल म्यानेजमेन्ट पढाउनका लागि स्वीकृती पाइसकेको दमक नगरपालिका उपप्रमुख तथा नगर शिक्षा समिति संयोजक गीता अधिकारीले जानकारी दिइन् । यसका लागि आवश्यक नीति नियम र कार्यविधि बनाइ सकिएको भएपनि पुर्वाधार बनाउन केहि समय लाग्ने भएकाले तत्काल  घर वा जग्गा भाडामा लिएर प्राबिधिक शिक्षालय सञ्चालन शुरु गर्न लागिएको उनले बताइन् ।

दमकमा बुहप्राविधिक शिक्षालय सञ्चालन गर्नुपुर्व सम्भाब्यता अध्ययन सहित आवश्यक रणनीति बनाउनका लागि नगरपालिकाले हेमनाथ अधिकारीको संयोजकत्वमा कार्यदल बनाएको थियो । कार्यदलले यसको आवश्यकता र औचित्यताबारे दिएको प्रतिवेदनका आधारमा शिक्षालय सञ्चालन गर्ने निर्णय भएको नगरपालिका प्रमुख रोमनाथ ओलीले जानकारी दिए ।

नगरपालिका क्षेत्रभर आवश्यक पर्ने प्राविधिक जनशक्ति स्थानीय सरकारले नै उत्पादन गर्ने लक्ष्य लिएर यसलाइ अघि बढाईएको मेयर ओलीले बताए ।  सबै प्रकारका प्राविधिक जनशक्ति आफ्नै शिक्षालयबाट उत्पादन गर्ने लक्ष्यका साथ अघि बढेको र अति बिपन्न र कम आयश्रोत भएकाहरुले समेत यहाँबाट प्राविधिक शिक्षा पाउने ओलीले बताए  ।

संयुक्त राष्ट्र शरणार्थी उच्चायुक्त कार्यालय (यूएनएचसीआर)ले दमकस्थित हम्सेदुम्से सामुदायिक बनको कार्यालय छेउमा बनाएको तालिम केन्द्रलाइ नै शिक्षालयको रुपमा प्रयोग गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

आफुहरुले देशभर रहेका बिभिन्न शिक्षालयहरु अध्ययन गरेको र त्यस अनुसार सञ्चालन विधि र प्रक्रिया समेत उल्लेख गरी प्रतिवेदन दिएको कार्यदलका एक सदस्यले बताए ।  स्थानीय सरकारद्वारा संचालित  संभवत नेपालकै र १ नम्बर प्रदेेशको पहिलो यो शिक्षालय भएको नगरपालिकाले दाबी गरेको  छ । – विष्णुप्रसाद पोखरेल