२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

अढाई सयभन्दा बढी किशोरीहरुलाई सेनेटरी प्याड बनाउन सिकायो बेलबारी जेसिजले

Author Uttari Morang
बिहिबार, भाद्र ०५, २०७६
अढाई सयभन्दा बढी किशोरीहरुलाई सेनेटरी प्याड बनाउन सिकायो बेलबारी जेसिजले

बेलबारी जेसिजले नगरभित्रका २ सय ५६ किशोरीलाई यौन हिंसा तथा प्रजनन स्वास्थ्य शिक्षा र घरेलु सेनेटरी प्याड निर्माण तालिम दिएको छ ।

जेसिजले नगरभित्र रहेका विद्यालयका किशोरीहरुलाइ भदौ ३, ४ र ५ गते तीन चरणमा यौन हिंसा तथा प्रजनन स्वास्थ्य शिक्षा र घरेलु सेनेटरी प्याड निर्माण तालिम दिएको हो ।
बिहिबार तेस्रो दिन बेलबारी ४ मा अवस्थित कसेनी माद्यमिक विद्यालयमा वडा नं १,२,३ र ४ मा रहेका आधा दर्जन विद्यालयमा अध्ययनरत किशोरीहरुले तालिम दिदै जेसिजले कार्यक्रम समापन गरेको छ । 
मंगलबार बेलबारी ११ मा अवस्थित लक्ष्मी माद्यमिक विद्यालयमा वडा नं ८,९,१० र ११ वडाका नौवटा विद्यालयमा अध्ययनरत १ सय ८ किशोरीहरुलाई तालिम दिन सुरु गरेकोे जेसिजले बुधबार धनपाल माद्यमिक विद्यालयमा वडा नं ५,६ र ७ का छ वटा विद्यालयमा अध्ययनरत ७८ किशोरीलाई तालिम दिएको थियो ।

बेलबारी जेसिज बर्ष २०१९ अध्यक्ष दिपेन्द्र खुलालको सभापतित्वमा भएको समापन समारोहमा बेलबारी नगर उप–प्रमुख ढाका कुमारी पराजुलीको प्रमुख आतिथ्यता थियो ।

शहर केन्द्रित मात्रै नभएर ग्रामिण भेगमा पनि जेसिज सकृय रहने उद्देश्यले नगरपालिका भित्रका सबै वडाहरुमा यो कार्यक्रम आयोजना गरिएको अध्यक्ष खुलालले बताए ।