२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

चाैलागाई प्रतिष्ठानले भब्य रूपमा गर्‍यो सामूहिक तीज कार्यक्रम

Author Uttari Morang
शनिबार, भाद्र ०७, २०७६
चाैलागाई प्रतिष्ठानले भब्य रूपमा गर्‍यो सामूहिक तीज कार्यक्रम

बेलबारी, माेरङ/ चाैलागाई प्रतिष्ठान नेपाल प्रदेश नं १ ले  एक विशेष कार्यक्रम गरेर सामूहिक तीज मनाएकाे छ ।

बेलबारी नगरपालिका ११ मा रहेकाे प्रतिष्ठानकाे कार्यालयमा आयाेजित तीज विशेष कार्यक्रममा प्रदेश नं १ की उपसभामुख सरस्वती पाेखरेलकाे प्रमुख आतिथ्यता थियाे ।

साे अवसरमा बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुली, चाैलागाई प्रतिष्ठान प्रदेश नं १ अध्यक्ष उत्तम चाैलागाई, सामाजिक विकास मन्त्रालयका उपसचिव अम्बिका चाैलागाई लगायत विभिन्न जिल्लाबाट आएका चाैलागाई बन्धुहरुकाे सहभागिता  थियाे ।

कार्यक्रमलाई संवाेधन गर्दै प्रमुख अतिथि प्रदेशसभाकी उपसभामुख सरस्वती पाेखरेलले चाडवाड भड्किलाे भैरहेकाे परिप्रेक्षमा चाैलागाई प्रतिष्ठानद्वारा संचालन गरिएकाे याे सामूहिक तीज कार्यक्रमकाे विशेष महत्व रहेकाे वताईन् । चाैलागाई प्रतिष्ठानका प्रदेश संयाेजक उत्तम चाैलागाईलेे कार्यक्रमकाे औचित्य वारे प्रष्ट पारेका थिए ।

साे अवसरमा विशेष तीज नाचगानका साथै उपस्थित सबैलाई दर समेत खुवाईएकाे थियाे । सुगम चाैलागाईकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमकाे संचालन भने दुर्गाप्रसाद चाैलागाईकाे रहेकाे थियाे ।