२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

सशस्त्र प्रहरीले धनकुटामा आयोजना गर्यो रक्तदान, ६४ प्रिन्ट रगत संकलन

Author Uttari Morang
मंगलबार, भाद्र १०, २०७६
सशस्त्र प्रहरीले धनकुटामा आयोजना गर्यो रक्तदान, ६४ प्रिन्ट रगत संकलन

सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेट क्याटर धनकुटाको आयोजनामा धनकुटामा रक्तदान कार्यक्रम सम्पन्न भयो ।
सशस्त्र प्रहरी ऐन २०५८ जारी भएको दिनको स्मरणमा आयोजना गरिएको सशस्त्र प्रहरी महानिरिक्षक दोस्रो रक्तदान कार्यक्रम अन्तरगत धनकुटा स्थित सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेट क्याटर धनकुटाको परिषदमा भएको रक्तदान कार्यक्रममा ६४ जनाले रक्तदान गरेको गुल्मपति डि एस पी सचिन कर्माचार्यले जानकारी दिए ।

रक्तदान कार्यक्रममा गुल्मपती कर्माचार्य सहित सशस्त्र प्रहरीहरु, नेपाल प्रहरीहरु र धनकुटाबासीहरु गरी ५७ जना पुरुष र ७ जना महिलाहरुले रक्तदान गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेट क्याटर धनकुटाले जनाएको छ ।
नेपाल रेडक्रस सोसाईटी धनकुटा शाखाको सहयोगमा सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेट क्याटर धनकुटाले आयोजना गरेको यो दोस्रो रक्तदान हो । – शरु राई