२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

बुवाको मुख हेर्ने तथा तीज कार्यक्रम गर्दै बेलबारी जेसिजको जेसिज सप्ताह शुरु

Author Uttari Morang
शुक्रबार, भाद्र १३, २०७६
बुवाको मुख हेर्ने तथा तीज कार्यक्रम गर्दै बेलबारी जेसिजको जेसिज सप्ताह शुरु

बेलबारी जेसिजको आयोजनामा जेसिज सप्ताह २०७६ शुरु भएको छ ।
कुसे औंसी अर्थात बाबुको मुख हेर्ने दिनको अबसर पारेर शुक्रबार जेसिज सप्ताह उद्घाटन गरिएको हो । प्रदेश सांसद राजकुमार ओझाले जेसिज सप्ताह उद्घाटन गरे ।
ओझाको प्रमुख आतिथ्यता र बेलबारी जेसिजका अध्यक्ष दिपेन्द्र खुलालको सभापतित्वमा बेलबारी १ स्थित मदनमोहन आश्रित पुष्परत्न साँस्कृतिक भवनमा भएको कार्यक्रममा बेलबारी नगरपालिकाकी उप मेयर ढाकाकुमारी, पराजुली, नेपाली कांग्रेस बेलबारीका नगर सभापति शम्भु भट्टराई, बेलबारी ब्यापार प्रबन्ध समितिका उपाध्यक्ष राजेशजंग कार्की लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
जेसिज सप्ताहको पहिलो कार्यक्रम अन्तरगत शुक्रबार नै बुवाको मुख हेर्ने तथा आमाहरुसँग तीज विशेष कार्यक्रम गरिएको छ । बुवा आमाहरुको उल्लेख्य उपस्थितिमा भएको कार्यक्रममा सबैलाई मिठा परिकार पनि खुवाइएको थियो । कार्यक्रममा तीजमूलक साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।

जेसिज सप्ताह अन्तरगत भाद्र १८ गते बेतना सिमसार सरसफाइ, भाद्र २३ गते बेलबारीस्थित सेन्च्युरी बैंक अगाडि रक्तदान, भाद्र २४ गते सुरक्षित गर्भपतन सम्बन्धि परामर्श कार्यक्रम, २६ गते बेलबारीका सबै सरकारी कार्यालयमा भेटघाट तथा स्टीकर टाँस्ने कार्यक्रम, र भाद्र २९ गते लागुपदार्थ दुर्ब्यसनी तथा ट्राफिक सचेतना तथा प्रशिक्षण कार्यक्रम गरी जेसिज सप्ताह समापन गर्ने कार्यक्रम रहेको बेलबारी जेसिजका अध्यक्ष दिपेन्द्र खुलालले जानकारी दिए ।