२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

छोराछोरीलाई सामुदायिक बिद्यालयमै पढाउने बेलबारीका शिक्षक तथा कर्मचारीहरु सम्मानित

Author Uttari Morang
सोमबार, भाद्र २३, २०७६
छोराछोरीलाई सामुदायिक बिद्यालयमै पढाउने बेलबारीका शिक्षक तथा कर्मचारीहरु सम्मानित

बेलबारी नगरपालिकाले सामुदायिक बिद्यालयमा आफना छोरा छोरी पढाउने २४ जना शिक्षक तथा बिद्यालयका कर्मचारीहरुलाई सम्मान गरेको छ ।
४० औँ राष्ट्रिय शिक्षा दिवश तथा ५३ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अबसरमा उनिहरुलाई सम्मान गरिएको हो । सामुदायिक बिद्यालयमा शिक्षक तथा कर्मचारीहरुलाई थप जिम्मेवार बनाउनका लागि पहिलो पटक सम्मान गरीएको नगरपालिकाले जनाएको छ ।

सिल्भर भोलेन्टीयर कार्यक्रम शुरु 

नगरपालिकाले सिल्भर भोलेन्टीयर कार्यक्रम लागू गरेको छ ।
अनिवार्य अवकास तथा सुविधा सहित अबकास लिएका शिक्षकहरुलाई समेत समेटेर नयाँ कार्यक्रम लागु गरिएको हो । बिद्यालयमा शिक्षकहरु एक हप्ता भन्दा लोमा समय सम्म बिदामा बस्दा भोलेन्टियर समुहमा बसेका पुर्व शिक्षकहरुलाई बोलाएर पठन पाठन गर्न लगाईने शिक्षा शाखाका प्रमुख भुपेन्द्र कोइरालले बताए । नगर भित्रका शैक्षिक ब्यक्तिहरुलाई समेत समेटेर उक्त भोलेन्टीयर कार्यक्रममा समेटिने समेत उनले बताए । अविभावकहरुको सामुदायिक बिद्यालय प्रतिको आकर्षण घटीरहेको छ प्रमुख कोइरालाले भने कुनै विषयमा दक्ष ब्यत्तिलाई लगेर पढाउन लगायौँ भने अबिभावक र बिद्यार्थीको आकर्षण घट्दैन ।
हाम्रोमा सर हुनु हुदैन् भनेर कुनै पनि बिद्यार्थी बिद्यालय आउन बाट बञ्चित नहुन भनेर नयाँ योजना ल्याएको समेत उनले बताए । ८ जना पुर्व शिक्षकहरु आफै उक्त कार्यक्रममा उत्साहित भएर आएको समेत उनले बताए ।

पितृका नाममा विरुवा रोप्न शिक्षकहरुलाई नगरपालिकाको निर्देशन

पितृका नाममा एक विरुवा रोप्न शिक्षकहरुलाई नगरपालिकाले निर्देशन गरेको छ । सोह्रश्रद्धमा एक शिक्षक एक विरुवा पितृका नाममा एक रोप्न लागि निर्देशन गरेको नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाहले बताए ।
हाम्रो बिद्यालय राम्रो चोक कार्यक्रम समेत नगरपालिकाले सञ्चालन गर्ने भएको छ । बिद्यार्थी हरुलाई सहभागी गराएर बिद्यालयदेखि नजिकैको चोक सफा गर्ने रणनिति समेत अगाडि बढाइएको छ ।

शिक्षकहरुलाई सम्मान गर्दै बेलबारी नगरपालिकाकी उप मेयर ढाकाकुमारी पराजुलीले प्रविधि युक्त शिक्षामा जोड दिनुपर्ने बताईन् । उनले नगरपालिकाले प्राविधिक शिक्षामा जोड दिएको समेत बताईन् ।