२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

चार लेनको बन्नेभो बिराटचोकबाट नेताचोक हुँदै बिराटनगर जाने सडक

Author Uttari Morang
मंगलबार, भाद्र २४, २०७६
चार लेनको बन्नेभो बिराटचोकबाट नेताचोक हुँदै बिराटनगर जाने सडक

विराटचोक–घिनाघाट सडक खण्ड चार लेन हुने भएको छ ।

प्रदेश सरकारले पहिलो गौरबको आयोजना रुपमा २२ दशमलव ७ किलोमिटर लामो सो सडकलाई फोर लेन बनाउन शुरु गरेको हो । सोमबार प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले ग्रामथान गाउँपालिकाको नेताचोकमा सडकको सिलान्यास गरेका छन्  ।

१ अर्ब ४० करोडमा निर्माण हुने  सडक  तीन प्याकेजमा निर्माण सम्पन्न गर्ने योजना अनुसार २ प्याकेजमा ठेक्का सम्झौता भईसकेको छ । गत असार २९ गते भएको ठेक्का सम्झौता अनुसार निर्माणको काम श्रेष्ठ निर्माण कम्पनी र एपेक्स रमण निर्माण सेवाले सडक निर्माण गर्नेछन् । सम्झौता अनुसार  निर्माण कम्पनीले २०७८ असार मसान्त भित्रमा निर्माण पुरा गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ ।
१ अर्ब ६० करोडको टेण्डर आब्हान गरिएकोमा १ अर्ब ४० करोडको ठेक्का स्वीकृत भएपछि सडक शिलान्यास भएको हो । सडकको केन्द्रबाट ३५–३५ फिटलाई दुई तर्फ बढाएर सडक विस्तारको काम हुने छ ।

सडक शिलान्यास गर्दै मुख्यमन्त्री राइले फोरलेन सडक निर्माणले मोरङका दुई पालिकालाई मात्र फाईदा नभई झापा, ईलाम, पाँचथर र ताप्लेजुङ सम्मलाई सुबिधा पुग्ने स्पष्ट पारे ।