२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

बेलबारी जेसिजद्वारा सुरक्षित गर्भपतन सम्बन्धी परामर्स कार्यक्रम संचालन

Author Uttari Morang
मंगलबार, भाद्र २४, २०७६
बेलबारी जेसिजद्वारा सुरक्षित गर्भपतन सम्बन्धी परामर्स कार्यक्रम संचालन

बेलबारी, माेरङ/ किशाेरीहरुलाई सुरक्षित गर्भपतन सम्बन्धी ज्ञान दिने अभिप्रायले बेलबारी जेसिसले मंगलबार एकदिने सुरक्षित गर्भपतन सम्बन्धी परामर्स कार्यक्रम संचालन गरेकाे छ ।

बेलबारी उद्याेग वाणिज्य सँघकाे सभाहलमा सम्पन्न उक्त कमर्यक्रममा उद्याेग वाणिज्य संघ बेलबारीका अध्यक्ष एवम् बेलबारी नगरपालिकाका प्रवक्ता याेगेन्द्र सुवेदीकाे प्रमुख अतिथ्यता थियाे ।

साे कार्यक्रममा बेलबारी नगरपालिकाका कार्यपालिका सदस्यद्वय गीता सिवा र विन्दुकला गुरुङ, महिला अधिकार मन्च प्रदेश नं १ का संयाेजक सीता सुवेदी, बेलबारी बहुमुखी क्याम्पसका प्रमुख खगेन्द्रप्रसाद लुईटेल, बेलबारी जेसिसका वर्ष २०१८ का अध्यक्ष राजन प्रसाईं, बेलबारी नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख शन्ताेष विक लगायतकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रमलाई संवाेधन गर्दै प्रमुख अतिथि बेलबारी उद्याेग वाणिज्य सँघका याेगेन्द्र सुवेदीले बेलबारी जेसिसले विगत देखि नै उल्लेखनीय काम गर्दै आएकाे वताए ।

बेलबारी नगरपालिकाका प्रवक्ता समेत रहेका सुवेदीले नगरपालिकाले विद्यालय तहमै यस्ता कार्यक्रम संचालन गर्दै आएकाेले जेसिससँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेकाे वताए ।

तालिमकाे सहजीकरण भने बेलबारी नगरपालिका स्वास्थ शाखा प्रमुख सन्ताेष विक र स्वास्थ परामर्सदाता मनिस सुवेदीकाे रहेकाे थियाे ।

बेवलारी जेसिसका अध्यक्ष दिपेन्द्र खुलालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे संचालन भने जेसि भूवन कार्कीकाे रहेकाे थियाे ।ल