२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

सीसी क्यामेरामय बन्दै राजमार्ग, मोरङमा अढाई सय क्यामेराबाट जिल्लाको निगरानी गर्दै प्रहरी

Author Uttari Morang
बिहिबार, आश्विन ०२, २०७६
सीसी क्यामेरामय बन्दै राजमार्ग, मोरङमा अढाई सय क्यामेराबाट जिल्लाको निगरानी गर्दै प्रहरी

प्रदेश १ सरकारको सहयोगमा  मोरङका राजमार्गमा ५८ वटा सीसी क्यामेरा जडान गरिएको छ ।

प्रदेश १ सरकारको १ करोड १४ लाख रुपैयाँ बजेटमा ५८ वटा क्यामेरा जडान गरिएको हो ।  सिसी  क्यामेराका लागि मोरङमा ६० किलोमिटर फाइबर बिछ्याइएको छ ।  विराटनगर महानगरपालिको सिमावर्ती क्षेत्र रानीदेखि–ढाटसम्म ३२ वटा, पूर्व पश्चिम राजमार्गको इटहरी पूर्व बुढीखोला चोकदेखि भाउन्ने चोकसम्म १३ वटा र पथरी बजारदेखि उर्लाबारी बजारसम्म १३ वटा सीसी क्यामेरा जडान गरिएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीले प्रयोग गरेका क्यामेराको स्टोरेज जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय पथरीमा राखिएको छ ।६० किलोमिटर क्षेत्रमा बिछ्याइएको ६ ‘कोर’ तार मध्ये सीसी क्यामेराका लागि २ कोर प्रयोग भएको छ । बाँकी चार कोरमा फेस डिटेक्सन क्यामेरा, राडर गन र ट्राफिक लाइट जडान गर्न सकिने छ ।

प्रदेश सरकारको सहयोगमा मोरङमा जडान गरिएको सीसी क्यामेरा सोमबार प्रहरीलाई हस्तान्तरण गरिएको छ । मोरङमाप विराटनगरभित्र र अन्य क्षेत्रमा गरी प्रहरीले १ सय ५४ सीसी क्यामेराबाट निगरानी गरिरहेको छ ।