२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
कला/संस्कृति

साँस्कृतिक कार्यक्रम सहित नरेन्द्र स्मृति क्लबले मनायो २० औं वार्षिकाेत्सव

Author Uttari Morang
सोमबार, भाद्र ३०, २०७६
साँस्कृतिक कार्यक्रम सहित नरेन्द्र स्मृति क्लबले मनायो २० औं वार्षिकाेत्सव

बेलबारी २ लालभित्तीमा रहेकाे नरेन्द्र स्मृति क्लवले शनिवार एक कार्यक्रमविच २० औं वार्षिक उत्सव सम्पन्न गरेकाे छ ।

रमेते सामुदायिन वन उपभाेक्ता समितिकाे कार्यालयकाे खुल्ला मैदानमा संपन्न वाषिक उत्सवमा विविध साँस्कृतिक कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।

बेलबारी नगरपालिका वार्ड नं २ अध्यक्ष घनश्याम गाैतम प्रमुख अतिथि रहेकाे साे कार्यक्रममा रमिते सामुदायिक वनका अध्यक्ष प्रेमबहादुर राई, वागदेवि सामुदायिक वनका अध्यक्ष फणिन्द्र कहादुर थापा, शिक्षा सन्देश शैक्षिक प्रतिष्ठानका अध्यक्ष लक्ष्मणजङ्ग थापा लगायतकाे सहभागिता रहेकाे थियाे ।

राष्ट्रिय कलाकार डम्बर नेपाली, मिलन परियार तथा स्थानीय कलाकारहरुकाे समेत प्रस्तुति रहेकाे थियाे । साे अवसरमा स्थानीय कवीर माविका प्रअ दुर्गाप्रसाद गाैतमलाई सम्मान गरिएकाे थियाे ।

स्थानीय नरेन्द्र थापाकाे संझनामा स्थापना भएकाे यश क्लवले समय समय विविध प्रतियाेगिता संचालन गर्दै अाएकाे छ ।

क्लबका अध्यक्ष नवीन पुरीकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमकाे संचालन भने हरि घिसिङकाे रहेकाे थियाे।