२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

सुन्दरहरैंचा सेवा समाज कतारको साधारणसभा सम्पन्न, नयाँ समिति गठन 

Author Uttari Morang
शनिबार, आश्विन ०४, २०७६
सुन्दरहरैंचा सेवा समाज कतारको साधारणसभा सम्पन्न, नयाँ समिति गठन 

सरोज बास्तोला, कतार / “हाम्रो एक्ता नै समाजको गतिशिलता”भन्ने मूल नाराका साथ स्थापित सुन्दरहरैंचा सेवा समाज कतारको प्रथम साधारण सभाले नयाँ समिति गठन गरेको छ ।

मोरङको सुन्दरहरैंचा नगरपालिका घर भइ रोजगारीको शिलशिला कतारमा रहेका सुन्दरहरैंचावासीहरुको संस्थाको साधारणसभा सम्पन्न भएको हो । दोहाको नज्मा स्थित युनिक नेपाली रेष्टुरेन्टको सभाहलमा भएको  साधारणसभाले रमेश भारतीको अध्यक्षता मा २५ सदसीय कार्यसमिति निर्वाचित गरेको छ। समितिमा प्रथम उपाध्यक्ष सुरज श्रेष्ठ, द्दित्तिय उपाध्यक्ष चन्द्र पोदार, महिला उपाध्यक्ष रेनुका कार्की, सचिब पर्शुराम पोखरेल, सहसचिब महेन्द्र खड्का, कोषाध्यक्ष  जोशन थापा र सह-कोषाध्यक्ष मनोज न्यौपाने  छन्।  कार्यसमिति सदस्यहरुमा नवराज पौडेल, अर्जुन कार्की, रविना भारती, मिना गिरी, रत्न तामाङ, रितेश अधिकारी, कैलाश खड्का, राजकुमार उराव,  शल बहादुर श्रेष्ठ, डगेन्द्र न्यौपाने, खड्क श्रेष्ठ, गोपाल कार्की,  राम लुईंटेल, ओम राइ, रविन मेचे र सन्तोष घिमिरे रहेका छन्।

स्थानीय स्तरमा सामाजिक कार्यहरु गर्ने उद्देश्यले  कतारमा रहेका सुन्दरहरैंचावासीहरुमा आपसी सहयोगको आदन प्रदान गर्दै कतारको नेपाली सामुदाय एवम् सबै संघ संस्थाहरुसँग हातेमालो गर्दै अगाडी बढ्ने उक्त संस्थाको उद्देश्य छ । साधारणसभामा मोरङसुनसरी सेवा समाज लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता थियो ।