२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
कृषि/सहकारी

हिमालय साकोसको २४ औँ वार्षिक साधारणसभा सम्पन्न, नयाँ भवनको पनि उद्घाटन

Author Uttari Morang
बुधबार, आश्विन २९, २०७६
हिमालय साकोसको २४ औँ वार्षिक साधारणसभा सम्पन्न, नयाँ भवनको पनि उद्घाटन

केशु विरही, केराबारी, मोरङ \ केराबारी गाउँपालिका वार्ड नं ९ मा रहेको हिमालय साकोसले एक कार्यक्रमविच आफ्नो २४ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

केराबारी ९ देवीझोडामा रहेको संस्थाको उद्घाटन प्रतिनिधीसभा सांसद घनश्याम खतिवडाले गरेका थिए ।

बुधबार भएको कार्यक्रममा प्रदेश सांसद उपेन्द्र घिमिरे, केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्की, केराबारी गाउँपालिका वार्ड नं ९ का वडाध्यक्ष भूपतेन्द्रप्रताप मल्ल, जिल्ला सहकारी संघ मोरङका अध्यक्ष सोमनाथ निरौंला, लालीगुराँस साकोस बेलबारीका अध्यक्ष दुर्गाप्रसाद गौतम लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेका थियो ।

संस्थाकै छतमा भएको कार्यक्रमलाई संवोधन गर्दै प्रमुख अतिथि एवम् प्रतिनिधिसभा सांसद घनश्याम खतिवडाले सहकारीले समाजको आर्थिक, सामाजिक तथा साँस्कृतिक उन्नयन तथा विकासमा ठूलो योगदान पुर्याएको वताए ।

सहकारीका अभियन्ताको रुपमा समेत चिनिएका सांसद खतिवडाले सहकारीले अव समाजमा विद्यमान नकारात्मक भावनालाई सकारात्मकतामा परिवर्तन गर्न सहयोग गर्नु पर्ने वताए ।

केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीले पालिकाको आफ्नो श्रोतले भ्याउने योजनाहरु संचालन द्रुततर रुपमा अघि वढिरहेकाले, स्थानीयपालिकाको श्रोतले नभ्याउने ठूला योजनाका लागि प्रदेश तथा संघसँग सहकार्य गरेर अघि वढ्ने वताए ।

सो अवसरमा प्रदेश सांसद उपेन्द्र धिमिरे, केराबारी गाउँपालिका वार्ड नं ९ का अध्यक्ष भूपतेन्द्रप्रताप मल्ल, जिल्ला वचत संघ मोरङका अध्यक्ष सोमनाथ निरौला लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा हिमालय साकोसका अध्यक्ष खगेन्द्रप्रसाद सुवेदीले संस्थाको आगामी कार्ययोजन पढेर सुनाएका थिए ।

सो अवसरमा संस्थाका जेष्ठ सदस्यहरुलाई सम्मान तथा संस्थामा उत्कृष्ठ वचत गर्ने सेयर सदस्य तथा एसईईमा उत्कृष्ठ अंक ल्याउने सेयर सदस्यका सन्तानलाई समेत पुरस्कृत गरिएको थियो ।

२०५३ सालमा स्थापित संस्थामा हाल १ हजार ८४ जना शेयर सदस्य छन् ।

बुधबार नै साकोसको नवनिर्मित पक्की भवनको उद्घाटन समेत गरिएको छ ।