२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
कृषि/सहकारी

डेढ करोडभन्दा बढीको लागतमा गौरादहमा बन्यो ब्यबस्थित हाट तथा कृषि वजार

Author Uttari Morang
बिहिबार, आश्विन ३०, २०७६
डेढ करोडभन्दा बढीको लागतमा गौरादहमा बन्यो ब्यबस्थित हाट तथा कृषि वजार

झापाको गौरादह बजारमा एक करोड ५० लाख बढीको लागतमा कृषि हाट वजार निर्माण भएको छ ।

दोस्रो ऐतिहासिक सांस्कृतिक दशैं मेलाको अवसरमा एक कार्यक्रमका बीच नवनिर्मित बजारको प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले उद्घाटन गरेका छन्  ।

हाट बजारमा करिब १३ कठ्ठा जमिनमा दुईतर्फी  ९८ वटा ब्यवस्थित स्टल बनाइएका छन् । साथै वजार क्षेत्रमा बिभिन्न प्रजातिका रुखहरु पनि रोपिएका छन् । सो कार्यका लागि प्रदेश सरकार, नगरपालिका र स्थानीयको गरेर झण्डै रु डेढ करोड खर्च भएको बताईएको छ ।
साताको दुईपटक आइतवार र विहिबार लाग्दै आएको दक्षिणी ग्रामीण वजारलाई स्तरोनन्ति गरिएसंगै व्यवसायिक चहलपहल बढ्नुका साथै वजार मार्फत  आन्तरिक तथा बाहिरी पर्यटक भित्र्याउने लक्ष्य राखिएको गौरादह १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले बताए ।
जिल्लाकै पूरानो यस गौरादह बजारलाई अझ सुन्दर आकर्षक बनाउन र यसको अझ स्तरोन्नति गर्न प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले बताए ।

व्यवस्थापन समितिका सचिव संजिव कार्कीका अनुसार प्रदेश सरकारबाट रु १ करोड, गौरादह नगरपालिकाबाट पहिलो चरणमा रु ३८ लाख र वडा नं १ बाट रु ३ लाख प्राप्त बजेटबाट बजार क्षेत्रलाई व्यवस्थित र स्तरोन्नति गरिएकोे हो ।