२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

मोरङ केराबारीका यस्ता सासुससुरा, जसले एकल बुहारीलाई छोरीसरह घरबाटै अन्माइदिए

Author Uttari Morang
शुक्रबार, कार्तिक ०१, २०७६
मोरङ केराबारीका यस्ता सासुससुरा, जसले एकल बुहारीलाई छोरीसरह घरबाटै अन्माइदिए

मोरङको केराबारी ९ भलुवा निवासी कुवेरप्रसाद पोख्रेलका परिवारले आफ्नी एकल बुहारीको घरबाटै विवाह गरिदिएका छन् ।

बिक्रम संबत २०६७ साल असार १४ गते २४ वर्षको अल्पआयुमै कुवेरप्रसादको एक्लो छोरो पुण्यप्रसाद पोख्रलको निधन पछि एकल बनेकी बुहारी सुनिता पोख्रेललाई छोरी सरह विवाह गरिदिएका हुुन् । दशवर्ष अगाडी एकल भएकी सुनिताको सासु ससुराले गाउँका आफन्त तथा भद्रभलाद्मी सबै बोलाएर झापा घैलाडुब्बा निवासी बलबहादुर कार्कीसँग विहीवार विवाह गरिदिएका थिए ।

सुनिता र पुण्यप्रसादबिच २०६५ साल तिर विवाह भएको थियो । विरामी हजुरबालाई उपचार गर्न अस्पताल लैजादै गर्दा मोटरसाईकल दुर्घटनामा परी पुन्यको निधन भएको थियो । त्यतिखेर सुनिताको छोरी डेडवर्षको मात्र रहेकी थिईन् । पोख्रेल केेेराबारी ९ कै घंघरुस्थित स्वास्थ्य संस्थामा कार्यरत थिए ।

श्रीमानको निधन पश्चात घरपरिवारको सल्लाह र सहमतिमा छोरी सहित सुनिता माईतमै बस्दै आएकी थिईन् । माईतमा बसेर शिक्षण गर्दै आएकी उनको छोरी अहिले १३ वर्षकी भएकी छिन् ।

आफ्नो एकल बुहारीलाई कुवेर प्रसादले आफ्नो रितीरिवाज विवाह गरी विदाई गरेपछि पोख्रेल परिवार मात्र होइन, छरछिमेक पनि खुशी भएका छन् । विवाहमा   नेकपा केराबारीका अध्यक्ष राम कार्की, केराबारी ९ का वडाध्यक्ष भुपतिन्द्रप्रताप मल्ल लगायत दलका नेता र जनप्रतिनिधिले पनि उपस्थित भइ शुभकामना दिएका थिए ।