२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

श्रीलंकाको कोलम्वोमा शुरु भो सार्क चेम्वर अफ कमर्श इण्डष्ट्रीजको ७८ औं बैठक

Author Uttari Morang
शुक्रबार, कार्तिक ०१, २०७६
श्रीलंकाको कोलम्वोमा शुरु भो सार्क चेम्वर अफ कमर्श इण्डष्ट्रीजको ७८ औं बैठक

सार्क चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्र्जिको ७८ औ कार्य समितिको बैठक श्रीलंकाको कोलम्वोमा शुरु भएको छ ।

कार्य समितिको बैठकका अलावा क्षेत्रिय व्यापार सम्मेलन, महिला सम्मेलनको समेत कार्यक्रम रहेको उक्त बैठक शुक्रबार र शनिबार गरी २ दुई दिनसम्म चल्ने छ ।

बैठकमा सार्क चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्र्जिका उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष, एवं विशिष्ठ सदस्य चण्डीराज ढकालले नेपालको नीजि क्षेत्रको तर्फबाट मन्तव्य दिने कार्यक्रम रहेको छ भने अर्थशास्त्री डा. विश्वम्भर प्याकुरेलले वक्ताको रुपमा प्रस्तुती दिनेछन् ।
सार्कलाई अझ बढी प्रभावकारी वनाउंदै यस क्षेत्रका सम्भावनाहरुलाई व्यापारीक हवका रुपमा कसरी अगाडी बढाउने र अन्र्तराष्ट्र्यि जगतमा प्रतिस्पर्धी भई व्यवसायको प्रवद्र्धन तथा विकासका लागि नेपालले चाल्नु पर्ने कदमका विषयमा नेपाली टोलिको ध्यान केन्द्रित रहनेछ ।

सार्क राष्ट्रहरुबाट नेपालमा लगानी भित्राउने र नेपालबाट पनि सार्क राष्ट्रमा लगानी गर्ने विषयमा समेत छलफल गरिने नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम) ले बताए ।

सार्क चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्र्जिका उपाध्यक्ष चण्डीराज ढकालको नेतृत्वमा श्रीलंकाको कोलम्बो गएको उक्त टोलिमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं सार्क उ.वा.संघका सदस्य श्री उमेशलाल श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का उपाध्यक्ष एवं सार्क चेम्वर अफ कमर्शका सदस्य श्री राजेन्द्र राउत, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य, प्रदेश नं. १ का सल्लाहकार एवं सार्क उ.वा.संघका सदस्य श्री अविनाश बोहरा, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवं सार्क उ.वा.संघका सदस्य श्री जय शिवाकोटी, सार्क उ.वा.संघका सदस्य श्री राजेन्द्रमान शेरचन, श्री देश बन्धु बस्नेत(अजित), श्री विजय मल्ल, सार्क उ.वा.संघका महिला उद्यमी परिषदका उपाध्यक्ष श्री सरोजनी शेरचन लगायतको सहभागिता रहेको छ ।