२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

तेश्रो डांँगीहाट गोल्डकप शुरु, काकडभिट्टालाइ सडेन डेथमा हराउँदै चर्च ब्वाइज बिजयी

Author Uttari Morang
आइतबार, कार्तिक ०३, २०७६
तेश्रो डांँगीहाट गोल्डकप शुरु, काकडभिट्टालाइ सडेन डेथमा हराउँदै चर्च ब्वाइज बिजयी

बेलबारी ,मोरङ । मोरङको बेलबारी  १० स्थित भाउन्नेमा आयोजित तेश्रो डांँगीहाट गोल्डकप शुरु भएको छ ।

डांँगीहाट फुटबल क्लवका अध्यक्ष छत्र लिम्बूको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा प्रदेश सांसद केदार कार्की प्रमुख आतिथि थिए । उद्घाटन कार्यक्रममा बेलबारी नगरपालिकाका उपमेयर ढाकाकुमारी पराजुली लगायतका जनप्रतिनिधि , राजनैतिक दलका प्रतिनिधि तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
उद्घाटन खेलमा सडन डेथमा मेची नेत्रालय काँकडभिट्टालाई पराजित गर्दै चर्च व्बाईज क्लव काठमाण्डौ सेमीफाईनमा प्रवेश गरेको छ ।

प्रतियोगिताको पहिलो हाप गोलरहित बराबरी भएको थियो । दोश्रो हाप अन्तरगत ५५ औं मिनेटमा झापाले पहिलो गोल गरेको  । झापाका खेलाडीलाई डिबक्स नजिकै लडाएपछि रेफ्रीले दिएको फ्रि किकलाई झापाका टिम क्याप्टेन कर्ण लिम्बुले गोलमा परिणत गरेका थिए । त्यसपछि आक्रामक बनेको ब्वाईजका क्याप्टेन मिलन राईले ५७ औं मिनेटमा गोल गरी बराबरी बनाएका थिए ।

खेल बराबरी भएपछि भएको ट्राईब्रेकरमा पनि पाँच पाँच गोल भएपछि खेल सडन डेथमा पुगेको  थियो । सडनडेथमा झापाका आशिष चापागाईंले प्रहार गरेको गोल पोलमा ठोक्किएर बाहिरिएको अबस्थामा पोलमा नै ठोक्किएको बलले पोष्ट चुमेपछि ब्वाईज विजयी भएको थियो ।

प्रतियोगिताको म्यान अफ दि म्याच ब्वाईजका क्याप्टेन मिलन राई घोषित भए ।