२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

मोरङमै उत्कृष्ट भएको रमिते सामुदायिक वनको चौथो साधारणसभा सम्पन्न

Author Uttari Morang
मंगलबार, कार्तिक ०५, २०७६
मोरङमै उत्कृष्ट भएको रमिते सामुदायिक वनको चौथो साधारणसभा सम्पन्न

बेलबारीमा रहेकाे रमिते सामुदायिक वनले विशेष कार्यक्रमविच तेश्राे साधारणसभा गरेकाे छ ।

बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीमा रहेकाे वनकै सामुदायिक हलमा सम्पन्न कार्यक्रमकाे उद्घाटन प्रदेहसभा सांसद राजकुमार ओझाले गरेका थिए ।

साे कार्यक्रममा बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुली, नेपाली काङग्रेस नगर सचिव राजेश खत्री, नेकपाका पर्शुराम सुवेदी, बेलबारी नगरपालिका वार्ड नं २ अध्यक्ष घनश्याम गाैतम, सामुदायिक वनका पूर्व अध्यक्ष सनदकुमार ढकार र डिल्ली पुरी लगायतकाले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।

संचालक समितिले तयार पारेकाे प्रगति प्रतिवेदन सामुदायिक वनका अध्यक्ष प्रेमकहादुर राई, आर्थिक प्रतिवेदन काेषाध्यक्ष नरहरि भण्डारी र लेखा संयाेजक खगेन्द्र ओझाले लेखा तथा अनुगमनकाे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रमुख अतिथि प्रदेशसभा सांसद राजकुमार ओझाले प्राकृतिक श्राेत र साधनकाे समुचित प्रयाेग गर्दै गरिबीकाे रेखामुनिका जनतालाई माथि उठाउने काम आफैमा महत्वपूर्ण रहेकाे वताए ।

केलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले सामुदायिक वनकाे संरक्षणकाे मूख्य भूमिका स्थानीयकै भएकाे वताईन । उनले व्यक्तिगत तथा स्थानीयसरकारका हैसियतले विन विकासका कार्यक्रममा आफूले गर्नु पर्ने काम गर्न पछि नपर्ने पनि बताईन् ।

२०५६ सालमा स्थापना भएर २०७२ सालमा विधिवत रुपमा दर्ता भएकाे याे सामुदायिक वनले सुरुङमार्ग सहितकाे रमिते भ्यु टावर निर्माण कार्यमा अगाडि वढाईरहेकाे छ ।

याेजना तथा कार्यक्रमका हिसावले यो वन जिल्लाकै दाेश्राे उत्कृष्ठ सामुदायिक वनका रुपमा पुरस्कृत समेत भएकाे छ ।

साधारणसभाले नयाँ कार्यसमिति समेत गठन गर्नेछ । मंगलबार नै नयाँ समिति बन्ने भनिए पनि राति अबेरसम्म पनि चुनाव हुने वा सर्वसम्मत रूपमा समिति बन्ने भन्ने टुंगो लागेको छैन । निर्वाचित हुनुपर्ने भन्दा धेरै आकांक्षी भएकोले बुधबार चुनावी प्रक्रियाबाट नयाँ समिति बन्ने संभावना रहेकोे वनका एक पदाधिकारीले संयन्त्र डटकमलाई बताए ।