२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

डाँगीहाट निलोलाई सडनडेथमा पराजित गर्दै ब्वाइज युनियन सेमिफाइनलमा

Author Uttari Morang
बुधबार, कार्तिक ०६, २०७६
डाँगीहाट निलोलाई सडनडेथमा पराजित गर्दै ब्वाइज युनियन सेमिफाइनलमा

डाँगीहाट फुटबल क्लब निलोलाई सडनडेथमा पराजित गर्दै ब्वाइज युनियन काठमाडौं तेस्रो डाँगीहाट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

मोरङको बेलबारी १० भाउन्नेमा अवस्थित प्रस्तावित डाँगीहाट रंगशालामा जारी गोल्डकपको मंगलबारको खेलमा बिजयी हुँदै ब्वाइज युनियन अन्तिम चारमा पुगेको हो । निर्धारित समयसम्म दुवै टिमबाट १–१ गोलको बराबरी भएको थियो । निकै प्रतिष्पर्धात्मक खेल बराबरी पछि भएको ट्राइबेकरमा समेत दुवै टिम बाट ४–४ गोल भएपछि भएको सडन डेथमा डाँगीहाट निलोलाई २–१ गोलले पराजित गर्दै ब्वाइज युनियनले बाजी मारेको हो ।

यस अघि खेलको ४७ औ मिनेटमा मौसम लिम्बुले गोल गर्दै डाँगीहाट निलोलाई अग्रता दिलाएका थिए । ६३ औ मिनेटमा ब्वाइज युनियनबाट खेलेका अफ्रिकन खेलाडी फोफानाले गोल गर्दै खेल बराबरीमा ल्याए ।

ब्वाइज युनियनका तर्पन कार्की म्यान अफ द म्याच घोषित हुदै नगद ५ हजार प्राप्त गरे ।

बुधबार पाँचथर क्लब पाँचथर र डाँगीहाट फुटबल क्लब मोरङ रातो बिच अन्तिम क्वाटरफाइनल प्रतिष्पर्धा हुने आयोजक डाँगीहाट फुटबल क्लबका अध्यक्ष छत्र लिम्बुले जानकारी दिए । यस अघि चर्च ब्वाइज क्लब काठमाण्डौ र धरान फुटबल क्लब सुनसरीले अन्तिम चारमा स्थान बनाइसकेका छन ।

गोल्डकपको बिजेताले नगद ३ लाख १ हजार, उपबिजेताले २ लाख १ हजार ट्रफि, मेडल जित्ने छ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडिलाई नगद ३० हजार, बढी गोल गर्नेलाई १५ हजार र वेष्ट गोलकिपर, वेष्ट डिफेन्स, वेष्ट मिडफिल्डर, वेष्ट फर्वाड, वेष्ट कोच, उदयमान खेलाडी प्रत्तेकलाई नगद १० हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्तेक खेलको मेन अफ द म्याचले नगद ५ हजार पाउने छ ।
प्रतियोगितामा डाँगीहाट फुटबल क्लब मोरङ रातो, चर्च ब्वाइज क्लब काठमाण्डौ, धरान फुटबल क्लब सुनसरी, ब्वाइज युनियन काठमाण्डौ, डाँगीहाट फुटबल क्लब मोरङ निलो, पाँचथर क्लब पाँचथर, सिराहा फुटबल क्लब गोलबजार सिराहा र काँकडभित्ता ट्रेनिङ सेन्टर झापा गरि जम्मा ८ टिम प्रतिस्पर्धामा छन् ।