२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

तेस्रो डाँगीहाट गोल्डकपको अन्तिम चारमा पुग्यो आयोजक डाँगीहाट रातो पनि

Author Uttari Morang
बुधबार, कार्तिक ०६, २०७६
तेस्रो डाँगीहाट गोल्डकपको अन्तिम चारमा पुग्यो आयोजक डाँगीहाट रातो पनि

आयोजक डाँगीहाट रातो टोली मोरङको भाउन्नेमा जारी तेस्रो डाँगीहाट गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ ।

बुधबार भएको अन्तिम क्वार्टरफाइनलमा पाँचथर फुटबल क्लबलाई २–० ले हराउदै आयोजकको टोली अन्तिम चारमा प्रबेश गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा डाँगीहाटले दुबै गोल दोस्रो हाफमा गरेको थियो । ५९ औ मिनेटमा दिपक राईले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यसको २ मिनेटपछि विदेशी खेलाडी अब्दुल्लाहले अर्को गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए ।

रोमाञ्चक खेलमा त्यसपछि दुबै टोलीले कुनै गोल गर्न नसक्दा सोहि नतिजा नै निर्णायक बन्यो ।
खेलमा आयोजकका गोलकर्ता दिपक राई म्यान अफ दि म्याच घोषित भए । उनले ५ हजार रुपैया प्राप्त गरे ।

प्रतियोगितामा बिहीबारदेखि सेमिफाइनल खेल हुनेछन् । गोल्डकपको पहिलो सेमिफाइनल खेलमा बिहीबार चर्च व्बाईज युनाईट काठमाण्डौ र व्बाईज युनियन क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा डाँगीहाट फुटबल क्लब मोरङ रातो, चर्च ब्वाइज क्लब काठमाण्डौ, धरान फुटबल क्लब सुनसरी, ब्वाइज युनियन काठमाण्डौ, डाँगीहाट फुटबल क्लब मोरङ निलो, पाँचथर क्लब पाँचथर, सिराहा फुटबल क्लब गोलबजार सिराहा र काँकडभित्ता ट्रेनिङ सेन्टर झापा गरी जम्मा ८ टिम सहभागी भएका थिए ।

गोल्डकपको बिजेताले नगद ३ लाख १ हजार, उपबिजेताले २ लाख १ हजार ट्रफी र मेडल जित्ने छ ।फाइनल खेल कात्तिक १० गते हुनेछ ।