२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

रमिते सामुदायिक वनमा फेरि प्रेम राईकै नेतृत्व , १९ सदस्यीय कार्यसमिति गठन

Author Uttari Morang
बिहिबार, कार्तिक ०७, २०७६
रमिते सामुदायिक वनमा फेरि प्रेम राईकै नेतृत्व , १९ सदस्यीय कार्यसमिति गठन

केशु बिरही, बेलबारी, माेरङ/ रमिते सामुदायिक वनमा पुन: प्रेमबहादुर राई : राईकाे नेतृत्वमा पुन: १९ सदस्यीय नयाँ कार्यसमिति गठन/ प्रेमबहादुर राईकै नेतृत्वमा पुन: रमिते सामुदायिक वनकाे नयाँ कार्यसमिति चयन भएकाे छ ।

अध्यक्ष उपाध्यक्ष, सचिव तथा सहसचिव पदमा सर्वसम्मत भएको थियो तर काेषाध्यक्ष र अन्य १३ जना सदस्यहरुकाे ठाउंँमा ४२ जनाकाे मनाेनयन परे पनि अन्त्यमा लामाे कस्साकस्सीपछि मनाेनयन फिर्ता गराएर सर्वसम्मतिमा नाम घाेषणा गरिएकाे थियाे ।

समितिकाे उपाध्यक्ष कमलबहादुर लिम्बू, सचिवमा विश्वकिरण ढकाल, सहसचिव केन्द्रप्रसाद पाण्डे, काेषाध्यक्षमा खगेन्द्रप्रसाद ओझा सर्वसम्मत रुपमा चयन भएका छन् ।

समितिका सदस्यहरुमा राजु परियार, हाेमनाथ दुलाल, निरु लिम्बू, गाेपालप्रसाद नेपाल, शान्तकुमार नेपनल, सुमन कटुवाल, निरमाया श्रेष्ठ, मनकुमारी पुरी, मन्जु रिजाल, अन्जुकारी खडणका हुमागाई, गीता गिरी, गीता देवान, समिता लिम्बू, र ममता भुजेल रहेका छन् ।

केदार दुलालकाे संयाेजगत्वमा तीन सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति चयन भएकाे छ । लेखा तथा सुपरिवेक्षण समितिका अन्य सदस्यहरुमा मेघराज परिवार र थमराज लिम्बू रहेका छन् ।

साथै साधारणसभाले गाेपालप्रसाद नेउपानेकाे संयाेजकत्वमा ७ सदस्यीय अनुगमन तथा मूल्याङ्कन समितिकाे चयन भएकाे छ ।

अन्य सदस्यहरुमा शिवकुमार तामाङ, भूपाल बस्नेत, प्रदिप गिरी, तीर्थबहादुर पुरी, प्रकाशकुमार भण्डारी, राजुदेव राई रहेका छन् ।

दुर्गाप्रसाद गाैतमकाे संयाेजगत्वमा वनेकाे निर्वाचन मण्डलले निर्विराेध रुपमा नयाँ कार्यसमितिकाे घाेषणा गरेकाे गियाे ।

नव निर्वाचित समितिका पदाधिकारीहरुलाई निर्वाचल मण्डलका संयाेजक दुर्गाप्रसाद गाैतम, बेलबारी नगरपालिका वार्ड नं २ का अध्यक्ष घनश्याम गाैतम लगायतले अविर लगाईदिएका थिए ।

नवनिर्वाचित कार्यसमितिका अध्यक्ष प्रेमबहादुर राईले समितिकाे तर्फबाट प्रतिवद्धता व्यक्त गरेका थिए ।

साे अवसरमा बेलबारी नगरपालिका वार्ड नं २ का अध्यक्ष घनश्याम गाैतम, निर्वाचन समितिका संयाेजक दुर्गाप्रसाद गाैतम, निर्वाचन समितिका सदस्य राजेश खत्री, रमिते सामुदायिक वनका निवर्तमान सदस्य रन्जित गुरुङ, समितिका पूर्व अध्यक्ष डिल्ली पुरी, पूर्व पार्सद सिताराम नेउपाने लगायतकाले शुभकामना दिएका थिए ।

यो सामुदायिक वनले १४० हेक्टर क्षेत्रफल ओगटेको छ ।  सामुदायिक वन मा ८ सय ९६ घरधुरी उपभोक्ता छन् ।