२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

सित्तैंमा युएई जान पाइने भो है अब, श्रमिकले एक सुको पनि तिर्नुपर्दैन रे म्यानपावरलाई

Author Uttari Morang
मंगलबार, कार्तिक १९, २०७६
सित्तैंमा युएई जान पाइने भो है अब, श्रमिकले एक सुको पनि तिर्नुपर्दैन रे म्यानपावरलाई

रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) जाने श्रमिकले म्यानपावर कम्पनीलाई अब एक रुपैंयाँ पनि तिर्न नपर्ने भएको छ ।

काठमाडौंमा सोमबार सम्पन्न नेपाल–युएई संयुक्त कार्य समूह बैठकले विगतको शून्य लागतको श्रम समझदारी(एमओयू) लाई कार्यान्वयनमा लैजाने सहमति गरेपछि युएई जानेले एक रुपैंयाँ पनि तिर्नु नपर्ने भएको हो ।

त्यहाँ जाँदा लाग्ने सबै खर्च अब रोजगारदाता आफैंले ब्यहोर्ने छ । युएई जाने हवाई टिकट पनि रोजगारदाताले नै उपलब्ध गराउने सहमति भएको नागरिक दैनिकमा समाचार छ ।

६ महिनाअघि दुई देशबीच भएको समझदारीलाई कार्यान्वयन गराउन दुई दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र युएईको मानव संशाधन मन्त्रालयका अधिकारीहरुले छलफल गरेका थिए । यस्तो सहमति नेपालले २०७५ को कात्तिक १२ मा पहिलोपटक मलेसियासँग गरेको थियो ।

सहमतिका मुख्य बुँदा

-कामदारको सम्पूर्ण खर्च रोजगारदाताले ब्यहोर्ने ।

-म्यानपावरको सेवा, शुल्क रोजगारदातासँगको सहमति अनुसार हुने ।

-हवाई टिकट रोजगारदाताले दिने ।

-कानुनी उपचारको क्रममा हुने खर्च रोजगारदाताले ब्यहोर्ने ।

-कानुनी प्रक्रियामा रहँदा श्रमिकले नियमित पारिश्रमिक पाउने ।

-रोजगारदाताको कमीकमजोरीका कारण कामदार बेरोजगार भए अर्को रोजगारी खोज्न सक्ने ।

-कामदारलाई ज्याला, ओभरटाइम, भत्ता, न्यायमा पहुँचजस्ता सुविधामा विभेद गर्न नपाइने ।

-कामदारले पाउने सेवा सुविधा तत्काल भुक्तानी गर्नुपर्ने ।