२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

चालिस बर्षपछि छिन्ताङ काण्डका १६ सहिद परिवारले बल्ल पाउने भए पा-पाँच लाख राहत

Author Uttari Morang
बिहिबार, कार्तिक २१, २०७६
चालिस बर्षपछि छिन्ताङ काण्डका १६ सहिद परिवारले बल्ल पाउने भए पा-पाँच लाख राहत

प्रदेश १ सरकारले छिन्ताङ घटनाका शहिद परिवारलाई जनही ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ।

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो।

प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले दिएको जानकारी अनुसार २०३६ सालमा तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाको पालामा भएको हत्याकाण्डमा मारिएका १६ जनाको परिवारलाई प्रदेश सरकारले राहत दिने निर्णय गरेको हो ।

नेपाल सरकारको मन्त्री परिषद बैठकले गत पुषमा छिन्ताङ हत्याकाण्डमा मारिएका १६ जनालाई शहीद घोषणा गरेको थियो  ।

छिन्ताङ काण्डमा गोपालआनन्द राई, भैरबहादुर राई, बलबहादुर खत्री, धनवीर दर्जी, गम्भीरमान दर्जी, टंकबहादुर विश्वकर्मा, लाखमान साधु राई, रणध्वज पुमा राई, केशरमान राई, गणेशबहादुर विश्वकर्मा, हाँखिमा राई (साँहिली), पुत्रमान राई, झगेन्द्र रार्ई, चन्द्रबहादुर दमाई र गंगाबहादुर तुप्रिहाङ राई सहित १६ जनाको हत्या भएको थियो ।

वामपन्थीहरूले सूर्यवबहादुर थापाले छिन्ताङमा १६ जनाको हत्या गरेको अभियोग लगाउँदै आएकोमा देउवा नेतृत्वको सरकार छाँदा छिन्ताङमा सहादत प्राप्त गर्नेलाई शहीद घोषणा गरिएको थियो  ।

बिक्रम सम्बत ०३६ सालको कात्तिक २४ देखि २७ गते धनकुटाको खोकु छिन्ताङ गाउँमा एक सांस्कृतिक कार्यक्रमका बिच राज्यले गोली चलाएर १६ जनाको हत्या गरेको थियो ।