२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

सिंहदेवी युवा समुहद्वारा क्लवस्तरीय फुटबल प्रतियाेगिताकाे खर्च सार्वजनिक

Author Uttari Morang
शनिबार, कार्तिक २३, २०७६
सिंहदेवी युवा समुहद्वारा क्लवस्तरीय फुटबल प्रतियाेगिताकाे खर्च सार्वजनिक

माेरङ बेलबारी – २, लालभित्तीमा रहेको सिंहदेवी युवा समूहले आयोजना गरेको क्लवस्तरीय खुल्ला नकआउट फुटवल प्रतियाेगिताकाे खर्च सार्वजनिक गरिएको छ ।

बेलबारी २ सिंहदेवी हाईटमा रहेकाे आफ्नै कार्यालयमा  पत्रकार सम्मेलन गरेर असाेज १ देखि ९ सम्म संचालन भएको खुल्ला नकआउट प्रतियाेगिताकाे आम्दानी र खर्च सार्वजनिक गरिएको हो ।

प्रतियाेगिता संचालनबाट ६ लाख ६८ हजार ४ सय ३० रुपैयाँ आम्दानी भएकाे थियाे । उठेकाे रकमबाट प्राविधिक र अन्य खर्च कटाएर ७० हजार वाँकी रहेको र सो रकम बागदेवी खेलमैदानकाे स्तरउन्नतिमा खर्च गर्ने आयाेजकले जनाएकाे छ ।२०५४ सालमा स्थापना भएकाे यश संस्थाले विविध कार्यक्रम गर्दै आएकाे छ ।

बागदेवी खेलमैदानको स्तरोन्नती कार्यमा सहयोग जुटाउन पहल भइरहेको र यसबारे बेलबारी नगरपालिकाबाट पनि  सहयोगको आश्वासन पाएको क्ललका अध्यक्ष तिर्थबहादुर नेउपानेले बताए । बागदेवी खेलमैदानको आकार विस्तार गर्दै, बारबेरा गर्ने, दर्शक बस्ने स्थल बनाउने र सँगसँगै अन्य खेलहरु पनि सञ्चालन गर्न सकिने आकार र संरचना निर्माण गर्ने दिर्घकालिन योजनाका साथ आफूहरु अघि बढिरहेको अध्यक्ष न्यौपानेले बताए ।

क्लबका सचिव विश्वनाथ निरौलाले प्रतियाेगिता मनाेरन्जनका लागि मात्र नभएर बागदेवी खेलमैदानकाे स्तरउन्नतिका लागि संचालन गरिएको र आफुहरु यसमा सफल पनि भएकाे बताए ।

क्लब स्तरीय फुटबलको मुख्य प्रायाेजन गर्ने शिक्षा सन्देश ई स्कुलका प्रिन्सिपल राजेश खत्रीले खर्च सार्वजनिक गर्नु राम्राे कदम रहेकाे र अरुले पनि यसकाे अनुसरण गर्नुपर्ने वताए ।

बेलबारी नगरकार्यपालिका सदस्य खिना थापाले व्यवस्थित तथा अनुशासित रुपमा प्रतियाेगिता सम्पन्न गरेकाेमा आयाेजकलाई धन्यवाद दिइन् ।

आयव्यय सार्वजनिक कार्यक्रममा समुहका अन्य पदाधीकारी,सदस्य, सल्लाहकार, दाता संस्थाहरु प्रतिनिधि लगायत स्थानियको पनि उपस्थिति थियो ।