२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
कला/संस्कृति

बेलबारीमा देशभरका साहित्यकारहरुको जमघट, हाइकु सङ्ग्रह ‘सम्बन्ध शुत्र’ लोकार्पण

Author Uttari Morang
शनिबार, कार्तिक २३, २०७६
बेलबारीमा देशभरका साहित्यकारहरुको जमघट, हाइकु सङ्ग्रह ‘सम्बन्ध शुत्र’ लोकार्पण

सर्जक तथा साहित्यकारहरुका हाइकु समेटिएको संयुक्त हाइकु सङ्ग्रह ‘सम्बन्ध सुत्र’ को लोकार्पण तथा हाइकु वाचन कार्यक्रम सम्पन्न भएको छ ।

पूर्वाञ्चल हाइकु संंघको आयोजनामा मोरङ बेलबारी नगरपालिकास्थित आदिवासी जनजाति सभा हलमा कार्यक्रम सम्पन्न भएको हो ।

बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले हाइकु वाचन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि मेयर सुवेदीले साहित्य क्षेत्रको विकासको लागि नगरपालिकाको सधैँ सहयोग रहने बताए । उनले   साहित्य क्षेत्रको विकासको लागि के गर्नुपर्छ भन्ने सल्लाह सुझाव दिन आग्रह गरे ।

कार्यक्रममा वरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेल, नेपाल हाइकु सङ्घका केन्द्रीय अध्यक्ष चेतनाथ धमला, कवि वैजयन्ती मिश्र, वरिष्ठ गजलकार मधु पोखरेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा रुपन्देही, काठमाडौँ, भक्तपुर, भोजपुर, सुनसरी, मोरङ र झापाबाट स्रष्टाहरूको सहभागी थिए  ।

‘सम्बन्ध सूत्र’ कृतिमा नेपाल भरिका १ सय ६० जना स्रष्टाहरूको रचनालाई समेटिएको छ । कृतिमा  १ हजार ५ सय ७२ वटा हाइकु छन् ।

‘सम्बन्ध सूत्र’ को सम्पादक समूहमा तिला लेकाली, ईरान राई, हेमसागर पोखरेल, इन्द्रसुर बेल्टारे, विष्णु न्यौपाने, दीपक सुवेदी र बिन्दु दाहाल ‘मूकदर्शक’ छन् ।

संयुक्त हाइकु सङ्ग्रह लोकार्पण तथा प्रतिनिधि हाइकु वाचन कार्यक्रम पूर्वाञ्चल हाइकु सङ्घका अध्यक्ष तिला लेकालीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा स्रष्टाहरूले हाइकुहरु वाचन गरेका थिए ।