२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

नियम-कानुन, स्वास्थ्य र सुरक्षाबारे कतारमा मोसुले गर्यो बिशेष कार्यक्रम

Author Uttari Morang
आइतबार, मंसिर ०१, २०७६
नियम-कानुन, स्वास्थ्य र सुरक्षाबारे कतारमा मोसुले गर्यो बिशेष कार्यक्रम

सरोज बास्तोला, कतार /आप्रवासी कामदारहरुलाई कतारको नियम कानुन, संस्कृति, स्वास्थ्य, सुरक्षा आदिबारे जानकारी गराउने उद्देश्यले  मोरङसुनसरी सेवा समाज कतारले सामाजिक सचेतना तथा ब्यक्तित्व बिकास सम्बन्धी कार्यक्रम गरेको छ । 

शुक्रबार सल्वा रोडमा अवस्थित टेस्टी वे रेस्टुरेन्टको सभा हलमा संस्थाका अध्यक्ष चिरञ्जिवी तिमल्सिनाको अध्यक्षतामा कार्यक्रम गरिएको हो ।  कार्यक्रममा मोसुमा  आवद्ध सामाजिक अभियान्ताहरुले विभिन्न विषयमा आ आफ्नो भनाई राखेका थिए । कार्यक्रममा स्वास्थ्य र अपनाउनुपर्ने सावधानीहरुबारे बिशाल खतिवडा ,सामाजिक अभियानमा संचारको भूमिका बिषयमा खेम भट्टराई, सस्था संचालन तथा बित्तिय गतिविधिहरुको भूमिकाबारे लिलानाथ घिमिरे र कतारमा पालना गर्नुपर्ने कानुनी प्राबधानहरुबारे नियम भुजेलले प्रकाश पारेका थिए ।

त्यसैगरी ब्यबसाय र समाजसेवाको अन्तरसम्बन्धबारे भीम बराइली र सामाजिक संस्थामा समन्वयको महत्वबारे  दिलिप पराजुलीले बोलेका थिए ।  त्यसैगरी मोसुको सन २००१ देखिको पृष्ठभुमि र समाजमा यसले निर्बाह गरिरहेको भुमिका बिषयमा मोसु अभिन्याता बिश्व मोसु सन्जलका संयोजक बिनोद भट्टराईले आफ्ना भनाईहरु प्रस्तुत गरेका थिए ।

त्यसैगरी मोसु कतारका पूर्व अध्यक्ष टि बी कार्की ,सस्थापक महासचिव एबम बर्तमान सल्लाहकार चानक पोख्रेल, निबर्तमान अध्यक्ष एबम बर्तमान सल्लाहकार संयोजक तेज कटुवालले आफ्नो भनाईहरु राखेका थिए ।

मोसु कतारका सचिव नियम भुजेलले संचालन गरेको कार्यक्रममा मोसु कतार परिवार तथा  बेलबारी सरोकार समाज कतार, सुन्दर हरैचा सेवा समाज कतार, देबिझोडा सेवा समाज कतार लगायतका संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।