२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
कृषि/सहकारी

कृषिको प्रर्वद्धन र लगानीमा प्रोत्साहनका लागि उ.बा. महासंघ प्रदेश नं. १ को अन्तरक्रिया

Author Uttari Morang
बिहिबार, मंसिर १२, २०७६
कृषिको प्रर्वद्धन र लगानीमा प्रोत्साहनका लागि उ.बा. महासंघ प्रदेश नं. १ को अन्तरक्रिया

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को आयोजनामा बुधवार कृषि व्यवसायको प्रर्वद्धन र सम्भावित लगानी क्षेत्रका सम्बन्धमा अन्तरक्रिया भएको थियो  ।

अन्तरक्रियामा कृषि क्षेत्रमा बढी सम्भावना बोकेको प्रदेश नं. १ मा कस्ता किसिमका योजनाहरु आउँदा कृषकको उत्थान र कृषि व्यवसाय प्रवद्र्धन हुन्छ भन्नेबारे छलफल भएको थियो ।  कार्यक्रममा कृषिजन्य वस्तु निर्यात गर्न सकिने  चिया, अदुवा, सुपाडी, माछा, मह लगायतका कृषि वस्तुको उत्पादन बढाउन सकिने अबस्था आदिबारे छलफल भएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष नरेन्द्रकुमार खड्काको सभापतित्वमा भएको अन्तरक्रियामा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले लगानीका संभावित क्षेत्रका विषयमा अध्ययन गरिरहेको र सो अध्ययन प्रतिवेदन तयार गर्ने जानकारी गराइएको थियो ।
कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव हरिहर पौडेलले कृषि उपजमा भेल्यु एयाड गर्नुपर्ने तथा सबैले स्वदेशी उत्पादनको खपत गर्नु पर्नेमा जोड दिए  । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य  अविनाश बोहराले कृषि अनुदानको दुरुपयोग भई रहेको अवस्था देखिएको हुँदा किसान परिचय कार्ड मार्फत अनुदान वितरण गरिनुपर्ने बताए  ।

उपस्थित सहभागीहरुले माछामा पोखरी बनाउन मात्र नभएर पहिलो तीन वर्षसम्म कृषकलाई प्राविधिक तालिम तथा आर्थिक सहयोग दिइनु पर्ने, रुग्ण अवस्थामा रहेको कृषि व्यवसायको विकासको लागी खाली रहेका पहाडी भुभागहरुमा चिया, अलैंची, अदुवा खेतीको बृद्धि गरिनुपर्ने, बजारमा विक्रि नभएका किसानका कृषि उपजहरु सरकारले समर्थन मूल्यमा लिने व्यवस्था हुनुपर्ने, स्वदेशी बीउविजनको संरक्षण र बीउ उत्पादनमा जोड दिनुपर्ने जस्ता बिषय उठाएका थिए  । उनीहरूले प्रदेश नं. १, कृषिमा लगानीका संभावित क्षेत्र भएकोले यसमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले सम्भावित निकायमा पहलको लागी अगाडी बढ्न सुझाव दिएका थिए ।
अन्त्तरकृयामा विभिन्न जिल्लाका ६० जना कृषि व्यवसायहरु, जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, विभिन्न मन्त्रालयका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।