२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

कागतेमा गरियो वित्तिय शिक्षा तथा व्यवसायिक ज्ञान सम्बन्धि तालिम

Author Uttari Morang
शुक्रबार, मंसिर १३, २०७६
कागतेमा गरियो वित्तिय शिक्षा तथा व्यवसायिक ज्ञान सम्बन्धि तालिम

 धनकुटाको कागतेमा तीन दिने वित्तिय शिक्षा तथा व्यवसायिक ज्ञान तालिम सम्पन्न भएको छ।

जनज्योति बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा ग्रामिण उद्यम तथा विप्रषण आयोजना (समृद्धि) को आर्थिक सहयोगमा तालिम समपन्न भएको हो । तालिममा वित्तिय शिक्षाको परिचय र महत्व, पैसा र जीवन, पैसाको स्रोत तथा उपयोग, आम्दानी सन्तुलन, वित्तिय लक्ष्य निर्धारण, ऋण व्यवस्थापन, व्यावसायिकता, व्यवसाय दर्ता, वित्तिय सेवाग्राही तथा सेवा प्रदायकका कर्तव्यहरुका बारेमा सहभागिलाई प्रशिक्षण दिएको थियो।

जनज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विकास घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा सांग्रिला विकास बैकका मेनेजर सुवास पौडेल, राष्ट्रिय वाणिज्य बैक हिले शाखा प्रमुख मोहन राई, मुक्तिनाथ विकास बैक धनकुटाका प्रमुख गोकुल राज अधिकारीले सहभागीहरुलाई प्रशिक्षित गराएको ग्रामिण उद्यम तथा विप्रषण आयोजना (समृद्धि) का बलबहादुर पौडेलले जानकारी दिए। तालिममा करिव १५० स्थानियको सहभागिता रहेको थियो।