२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

४३ वटामध्ये २२ वडा जित्यो नेकपाले, १२ वटा वडामा कांग्रेस बिजयी

Author Uttari Morang
आइतबार, मंसिर १५, २०७६
४३ वटामध्ये २२ वडा जित्यो नेकपाले, १२ वटा वडामा कांग्रेस बिजयी

शनिबार उपनिर्वाचन भएका बिभिन्न स्थानीय तहका ४३ वटा वडामध्ये अधिकांशको मतगणना सकिंँदा सत्तारुढ नेकपाले २२ वडाध्यक्ष जितेको छ भने नेपाली कांग्रेसले १२ वडाध्यक्ष जितेको छ ।

चुनावमा समाजवादी पार्टीले ३ वडाध्यक्ष र राष्ट्रिय जनता पार्टी (राजपा) ले पनि ३ वडाध्यक्ष जितेका छन्  । अन्य कुनै पनि दलले वडाध्यक्ष जित्न सकेका छैनन् ।

उपचुनाव भएका ४३ वडामध्ये यसअघि तत्कालीन एमालेले जितेका २१ र माओवादीले जितेका २ समेत गरी २३ वडाबाट नेकपाले ८ वडा गुमाए पनि कांग्रेसले जितेका ८ वटै वडा खोसेर नेकपा आफ्नो साबिक संख्या कायम राख्न सफल भएको छ ।

नेकपाले यसअघि जितेकामध्ये  हिलिहाङ ७ पाँचथर, धनपालथान २ मोरङ, हरिपुर्वा १ सर्लाही, भरतपुर १६ चितवन, मालारानी ३ अर्घाखाची, घोराही १६ दाङ, दोगडा केदार ४ बैतडी, पुर्चौडी ४ बैतडीमा कांग्रेसले जितेको छ  ।

पहिले नेकपाले हारे पनि अहिले जितेका वडामा फिदिम १ पाँचथर, पौवादुम्मा १ भोजपुर, कल्याणपुर १२ सिरहा, इन्द्रावती ८ सिन्धुपाल्चोक, कोहलपुर ६ बाँके, थवाङ १ रोल्पा, मेल्लेख ५ अछाम, त्रिवेणी १ बाजुरा छन् ।

पहिले नेपाली कांग्रेसले जितेका १२ वडामा चुनाव भएको थियो । तीमध्ये कांग्रेसले ८ वटा वडा गुमाए पनि यसअघि हारेका ८ वटा  वडामा जितेर १२ स्थान नै सुरक्षित गरेको छ । कांग्रेसले यसअघि जितेपनि यसपटक फिदिम १ पाँचथर, पौवादुम्मा १ भोजपुर, कल्याणपुर १२, इन्द्रवाती ८, बारागढी १ बारा, कोहलपुर ६, त्रिवेणी १ बाजुरा र मेल्लेख ५ अछाम गुमाएको छ ।

कांग्रेसले हिलिहाङ ७ पाँचथर, धनपालथाम २ मोरङ, गढीमाइ २ रौतहट, भरपुर १६ चितवन, मालारानी ३ अर्घाखाँची, घोराही १६ दाङ, पुर्चौडी ४, बैतडी, दोगडा केदार ४ बैतडीमा नयाँ जित निकालेको छ ।

यसअघि राजपाले जितेका ३ मध्ये २ वडा गुमाएको छ भने समाजवादीले ३ वटा वडा जितेर एक सिट थपेको छ ।

४३ वडामा भएको निर्वाचनमध्ये प्युठानको ऐरावती गाउँपालिका १ र २ तथा महोत्तरीको बलवा गाउँपालिका ८ र धरान उपमहानगरपालिका ७ को परिणाम पनि आउन बाँकी छ ।

मोरङको धनपालमा कांग्रेसका वडाध्यक्ष बिजयी

मोरङको धनपालथान गाउँपालिकाको वडा नम्बर २ मा भएको उप चुनावमा नेपाली कांग्रेसका नारायणप्रसाद साह निर्वाचित भएका छन् ।

यस अघिको निर्वाचनमा नेकपाले जितेको यस वडामा नेकपाका उम्मेदवार पंकज मण्डललाई पराजीत गर्दै साह बिजयी भएका हुन् ।  ४ हजार ७४ मतदाता रहेको सो वडामा  ३ हजार २ सय ८४ मत  खसेको थियो । बिजयी भएका नेपाली कांग्रेसका नारायणप्रसाद साहले १७०१ मत प्राप्त गरे भने  नेकपाका पंकज मण्डलले १४९७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त, नेपाल लोकतान्त्रीक पार्टी, मंगोल नेशनल अर्गनाईजेशन  र जनमत पार्टीको तर्फबाट उम्मेदवार भएपनि कसैले पनि पचास मत कटाएनन्  ।