२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

कास्कीमा बिजयी भइन् विद्या, धरानमा चाहिँ कांग्रेसको अग्रता

Author Uttari Morang
आइतबार, मंसिर १५, २०७६
कास्कीमा बिजयी भइन् विद्या, धरानमा चाहिँ कांग्रेसको अग्रता

कास्की २ को उप निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई निर्वाचित भएकी छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले ८ हजार ४०३ मतान्तरले चुनाव जितेकी हुन् । तत्कालीन पर्यटनमन्त्री रबिन्द्र भट्टराईको हेलिकप्टर दुर्घटनामा निधन भएपछि सो स्थानमा रबिन्द्रकी पत्नी विद्या उम्मेदवार भएकी हुन् । उनले  २४ हजार ३ सय ९४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९ सय ९१ मत पाएका थिए ।

त्यस्तै धरान उपमहानगरपालिकाको उपनिर्वाचन परिणाममा नेपाली कांग्रेसका उम्मेदवार अगाडि आएका छन् ।

आइतबार राति ८ बजेको मत परिणामअनुसार कांग्रेसका तिलक राईले ११ हजार ८ सय २७ मत प्राप्त गरेका छन् भने नेकपाका प्रकाश राईले ११ हजार १ सय २० मत पाएका छन् ।

यसअघि धरान उपमहानगरपालिकामा तत्कालिन उम्मेदवार एमालेका तारा सुब्बा २० हजार ९७५ मत ल्याएर निर्वाचित भएका थिए । त्यतिबेला कांग्रेसका तिलक राईले १६ हजार १ सय २ मत ल्याएका थिए ।