साना तथा मझौला ब्यवसायी महासंघ सिन्धुलीको नयाँ समिति, महिला ब्यबशायी पनि संगठित
Uttari Morang
सिन्धुलीमा भएको साना तथा मझौला ब्यवसायीहरुको बृहद् भेलाले लीलानाथ घिमिरेको अध्यक्षतामा साना तथा मझौला ब्यवसायी महासंघ, सिन्धुली गठन गरेको छ ।
केन्द्रीय अध्यक्ष बाबुकाजी महर्जन, प्रथम उपाध्यक्ष इनु पौडेल, महासचिव कुमार भुजेलको उपस्थितिमा भएको भेलाले संस्थाको उपाध्यक्षद्वयमा खडानन्द तिमल्सिना र सीता सत्याल, सचिवमा अशोक गुरुङ, सचिव केदार देवकोटा र कोषाध्यक्ष नवराज गजुरेललाई चयन गरेको छ । समितिका सदस्यहरुमा रामकृष्ण श्रेष्ठ, सुमन थापा मगर, धुबबहादुर पाण्डे, लोकबहादुर घिमिरे, हरि अधिकारी, मुकुन्द तिमल्सिना, शालिकराम बानियाँ, पार्वती प्रधान र दानबहादुर खड्का चयन भएका छन् ।
महिला समिति पनि गठन
यस्तै भेलाले सीता सत्यालको सभापतित्वमा महासंघको महिला समिति गठन गरेको छ ।
महिला समितिको उपसभापतिमा गोमा गुरुङ, सचिवमा शोभा माझी, कोषाध्यक्षमा पबित्रा श्रेष्ठ, सहसचिवमा रंजना परियार र सदस्यहरुमा कमलकुमारी दाहाल, संजिता अधिकारी, नमिता अधिकारी, सरस्वती कोइराला, मुना अधिकारी र तुलमाया कार्की चयन भएका छन् ।




