२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

मोरङमै अब्बल बन्दै बेलबारी नगरपालिकाको न्यायिक समिति, एकै दिन दश वटा उजुरी दर्ता

Author Uttari Morang
मंगलबार, मंसिर १७, २०७६
मोरङमै अब्बल बन्दै बेलबारी नगरपालिकाको न्यायिक समिति, एकै दिन दश वटा उजुरी दर्ता

मोरङमै न्याय सम्पादनमा उत्कृष्ट मानिएको बेलबारी नगरपालिकाको न्यायिक समितिमा पछिल्लो समय उजुरीको चाप बढ्न थालेको छ ।

मुद्दाको चापलाई ध्यानमा राखेर न्यायिक समितिले हरेक दिन छलफल एवम् मेलमिलापको कार्यलाई प्राथमिकता दिएर उजुरीको निकास दिंदै गएपछि उजुरी बढ्न थालेका हुन् ।

मंङ्सिर १६ गते अर्थात सोमबार एकैदिन बेलबारी नगरपालिकाको न्यायिक समितिमा दस वटा उजुरी दर्ता भएका छन् ।

एकै दिनमा दस वटा उजुरी न्यायिक इजलासमा दर्ता हुनुले हिंसा र विवाद वृद्धि भएको मात्र नभई स्थानीयवासीहरुमा स्थानीय न्यायिक समिति प्रतिको विश्वास बढदै गएको  समितिको ठहर छ ।

उजुरीको अत्याधिक चापसंगै न्यायिक समितिले ज्येष्ठ नागरिक, अशक्त बालबालिका एवम् हिंसा पीडित महिला आदिसंग सम्बन्धित विवादहरुलाई प्राथमिकतामा राखेर तत्काल विवाद किनारा लगाउने गरेको न्यायिक समितिकी संयोजक तथा बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले बताउनु भयो ।

बेलबारीमा २०७४ पौष २९ गते न्यायिक समिति गठन गरेको छ । न्यायिक समितिमा हालसम्म ८ सय २ वटा उजुरी दर्ता भएको र ती मध्ये ७ सय २१ वटा उजुरीका मुद्दा  किनारा लगाइ सकिएको संयोजक पराजुलीले जानकारी दिनुभयो । पराजुलीका अनुसार किनारा लाग्न बाँकी उजुरी ८१ वटा छन् । ती उजुरीहरु प्रक्रियामा रहेको वहाँले जानकारी दिनुभयो ।

न्यायिक समितिमा परेका उजुरी मध्ये समितिले ३ वटा उजुरीलाई अदालत पठाएको छ । तर अदालतबाट मिल्न नसकेका मुद्दा कतिपय पनि न्यायिक समितिले मिलाइदिएको पराजुलीको दाबी छ । – अम्बिका भण्डारी