२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

दोस्रो कुसुमे उद्यौली कप सुरु, आयोजकलाई ट्राइब्रेकरमा पराजित गर्दै दमक बिजयी

Author Uttari Morang
शुक्रबार, मंसिर २०, २०७६
दोस्रो कुसुमे उद्यौली कप सुरु, आयोजकलाई ट्राइब्रेकरमा पराजित गर्दै दमक बिजयी

मोरङको केराबारी ९ कुसुमेमा आयोजित दोस्रो कुसुमे उद्यौली कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

कुसुमे साइनिङ क्लबको आयोजनामा क्लवको खेल मैदान अर्थात सहिद स्मृति  प्रावि अगाडिको ग्राउन्डमा शुक्रबार भएको प्रतियोगिताको केराबारी गाउँपालिकाकी उपाध्यक्ष शान्तिकुमारी लिम्बुले उद्घाटन गरेकी थिइन् । 

उद्घाटन खेलमा आयोजक कुसुमे साइनिङ क्लबलाई टाइबे्रकरमा पराजित गर्दै दमक बिजयी भएको छ । निर्धारित समयभित्र खेल गोलरहित बराबरी भएपछि टाइबे्रकरबाट खेलको निर्णय लिइएको थियो । टाइबे्रकरमा दमक ५–४ गोल अन्तरले विजयी भएको छ ।ट्राइब्रेक्ररमा झापाको तर्फबाट सागर लिम्बु, विकास लामा, मोहन गुरुङ, रोशन तामाङ र सञ्जीव बुढाथोकीले गोल गरेका थिए ।
आयोजकको तर्फबाट महेश लिम्बु, हिकमेन लिम्बु र दिवस गुरुङले गोल गरेका थिए भने सन्दीप लिम्बुले गरेको प्रहार पोस्टको पोलमा लागेर बाहिरिएको थियो । झापाले ५ गोल गरे भने आयोजकले ३ गोल मात्र गर्न सके ।
उद्घाटन खेलका म्यान अफ दि म्याच झापाका खेलाडी रोशन तामाङ घोषित भएका छन् । तामाङले रु.१ हजार ५ सय नगद पुरस्कार प्राप्त गरेका छन् ।

सो खेलअघि कुसुमे भेट्रान टिम र लेटाङ भेट्रान टिमबिच मैत्रीपुर्ण फुटबल खेल भएको थियो । सो खेलमा कुसुमे भेट्रान टिम ३-१ ले विजयी भयो । सो खेलमा आयोजकको तर्फबाट जीवन कार्की, निरु राई, सुवास गुरुङले गोल गरे भने लेटाङको तर्फबाट सन्त राईले गोल गरेका थिए  । 

शनिबारको खेल शसस्त्र प्रहरी पुर्वाञ्चल र लेटाङ फुटबल क्लब विच हुने आयोजक कुसुमे साइनिङ क्लबका अध्यक्ष भक्तशेर लिम्बुले जानकारी दिए ।

केराबारी गाउँपालिकाको सहयोगमा भैरहेको प्रतियोगिताको फाइनल आउँदो मंसिर २६ गते हुने छ । प्रतियोगिताको विजेताले ५१ हजार रुपैयाँ र उपविजेताले ३१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । खेलमा ८ वटा टिमको सहभागिता रहेको छ ।

किराँतहरुको धार्मिक तथा सांस्कृतिक पर्व उद्यौलीलाई समेत जोडेर प्रतियोगिता आयोजना भएको हो । खेलसँग संस्कृतिलाई पनि जोडेर दुवैको संरक्षण र विकासको प्रयास गरिएको आयोजकले जनाएको छ ।