२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

संस्थाको दुई बर्षे कार्ययोजना बनाउन सुझाव संकलन गर्दै एनआरएन कतार

Author Uttari Morang
आइतबार, मंसिर २२, २०७६
संस्थाको दुई बर्षे कार्ययोजना बनाउन सुझाव संकलन गर्दै एनआरएन कतार

कतार / गैरआवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले आफ्नो दुई वर्षे कार्यकालका लागि के कस्ता कार्ययोजना बनाउने भन्ने विषयमा सुझाव संकलन गरेको छ ।

परिषदले आफ्नो स्थापनाकाल सन २००३ देखि हालसम्मको संस्थागत सहकार्यको अनुभव, थप प्रभाबकारिताको लागि सुझाब संकलन, संस्थागत सहकार्यका लागि प्रभावकारी संयुक्त कार्यक्रम, श्रमिक समस्याहरुको सम्बोधन गर्दै पीडित श्रमिकहरुको लागि संस्थागत सहभागिता सहितको  सहयोग, नेपाल भ्रमण बर्ष २०२० का लाागि संस्थागत सहभागिता र कतारमा रहेका नेपाली श्रमिकहरुको लागि गर्नुुपर्ने सचेतना कार्यक्रम लगायतका बिषयमा सुुझाव संकलन गरिएको हो ।
सुझाव संकलन कार्यक्रमका सहभागिहरुले नेपालका राष्ट्रिय पर्वहरु मनाउदा एनआरएनले नेतृत्व गरेर सम्पुर्ण संघसंस्थाको सहभागीतामा संयुक्त कार्यक्रम गर्नुपर्ने, भ्रमण बर्ष २०२० सफल पार्नको लागि नेपाली दूतावाससंगै एनआरएनले गर्ने रचनात्मक तथा प्रचारप्रसारका कार्यक्रम गर्नुपर्ने, श्रमिकको समस्या प्रमुख मुद्दा बन्दै गएको भन्दै वैदेशिक रोजगारीमा आउन चाहने युवायुवतीलाई नेपालदेखि नै सचेतना प्रदान गर्नुपर्ने र कुलतमा फसेका नेपाली युवाहरुलाई मार्गदर्शन गर्ने सचेतना कार्यक्रम गर्नुपर्ने सुझाव दिएका थिए ।

हालै भएको कार्यक्रममा एनआरएनए आइसिसी सदस्य होमनाथ शर्मा, केवि हमाल, प्रवासी नेपाली एकता मञ्चका रकम राई, नेपाली जनसम्पर्क समितिका सह–महामन्त्री केदार भुसाल, नेपाली समाज कतारका अध्यक्ष देव परियार, निवर्तमान आइसिसी सदस्य बिमल सुवेदी, प्रदेश नम्बर ३ समन्वय समितीका अध्यक्ष समीर खत्री, सुधुर पश्चिममेली नेपाली समाजका अध्यक्ष प्रेम चलाउने, नेपाली महिला समाजकि कार्यबाहक अध्यक्ष अमिना खान लगायत विभिन्न जिल्ला तथा जातिगत संघ संस्थाले सुझाव राखेका थिए ।

कार्यक्रमका सहभागिले बिगतमा एनआरएनले आफ्नो तरिकाले वार्षिक क्यालेन्डर तयार गर्दा केही बिबाद हुने गरेको भएपनि कार्ययोजना तयार पारेपछि त्यस्तो नहुनेमा बिश्वस्त रहेकोे बताएका छन् ।

कार्यक्रम समापन गर्दै अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले महत्त्वपूर्ण सुझावहरुको लागि सबैलाई धन्यवाद दिदै आफुहरु सबैको सल्लाह सुझाव अनुसार नै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।