२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

सुन्दरहरैंचामा जताततै भत्कियो पुर्व पश्चिम राजमार्ग, आन्दोलनमै उत्रिए बाँसबारीका जनता

Author Uttari Morang
आइतबार, मंसिर २२, २०७६
सुन्दरहरैंचामा जताततै भत्कियो पुर्व पश्चिम राजमार्ग, आन्दोलनमै उत्रिए बाँसबारीका जनता

पुर्व पश्चिम राजमार्ग मर्मत नभएको भन्दै सुन्दरहरैचा वडा नम्वर ४ र ५ का स्थानीय बासिन्दा आन्दोलित भएका छन् ।

भत्किएको लामो समयसम्म पनि सडक मर्मत नगरेको भन्दै स्थानीयबासीले शनिबारदेखि सांकेतिक आन्दोलन शुरु गरेका हुन् । उनीहरू आइतबार १५ मिनेट सडक अवरुद्ध गर्दै प्रदर्शनमा उत्रिएका छन् ।
सुन्दरहरैचाको बाँसबारी चौकमा लामो समयदेखि पुर्व पश्चिम राजमार्ग भत्किएको छ । भत्केको राजमार्गमा सवारी दौडिदा दुर्घटना बढेको  र धुलोको कारण छेउ छाउमा वसी नसक्नु भएको कारण आन्दोलित हुनु परेको स्थानीय गोपाल बरालले बताए ।
स्थानीयले पटक पटक सडक डिभिजन कार्यालय बिराटनगरको ध्यानाकर्षण गराएको भए पनि कुनै सुनुवाइ नभएको कारण आन्दोलित हुनु परेको उनको दाबी छ ।

हुन पनि दुई बर्ष अघि आएको बाढीले बगाएको सडक आजसम्म सामान्य मर्मतसम्म भएको छैन । दैनिक हजारौंको संख्यामा सवारी साधन कुद्ने राजमार्गको बाँसबारीमा झण्डै पाँच सय मिटर सडक लथालिङ्ग  छ ।

स्थानीयको दवावपछि केहि महिना सडक डिभिजन कार्यालय बिराटनगरले पानी छयाप्ने गरेको थियो तर हाल त्यो पनि बन्द गरिएको छ । दैनिक रुपमा १५ मिनेट बाट बढाउदै गाडी बन्द गरी आन्दोलन गर्ने जानकारी गराएका छन् । यता सडक डिभिजन कार्यालयले भने यसमा कुनै प्रतिक्रिया दिएको छैन ।

त्यसो त सुन्दरहरैचाको खोर्साने, हरैँचामोड, बिराटचोक, गछिया लगायत अन्य ठाउँमा पनि राजमार्ग भत्किएर लथालिङ्ग भएको छ । केहि महिनाअघि मात्र मर्मतको महिना दिन पनि नभई राजमार्ग भत्किएको भन्दै सर्वत्र आलोचना र बिरोध भएको थियो । चर्को बिरोधपछि ठेकेदारले पुन: मर्मत गरेपनि फेरि पनि ठाउँ ठाउँमा राजमार्ग भत्किएको छ ।