२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

दोस्रो कुसुमे उद्यौली कप :सेमिफाइनलमा पुग्यो डाँगीहाट युथ क्लब पनि, फाइनलमा पुग्न दमकसँग भिड्दै

Author Uttari Morang
सोमबार, मंसिर २३, २०७६
दोस्रो कुसुमे उद्यौली कप :सेमिफाइनलमा  पुग्यो डाँगीहाट युथ क्लब पनि, फाइनलमा पुग्न दमकसँग भिड्दै
केराबारीमा जारी दोस्रो कुसुमे उद्यौली कप २०७६ को अन्तिम  क्वाटर फाइनल खेलमा इटहरीलाई परास्त गर्दै डाँगीहाट युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा तालतलैया फुटबल क्लब इटहरीलाई २-१ ले पराजित गर्दै डाँगीहाट सेमिफाइनलमा प्रवेश गरेको हो ।डाँगीहाटको जितका लागि जर्सी नं. १० का खेलाडी शेखर लिम्बुले पहिलो र दोस्रो हापमा २ गोल गरेका थिए ।
शेखरले पहिलो हाफको २३ मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर इटहरीले पहिलो हाफमा कुनै गोल गर्न सकेन । डाँगीहाटले इटहरी विरुद्ध शेखरले दोस्रो हाफमा दोस्रो गोल गरेका थिए । दबाबमा रहेको इटहरीले दोस्रो हाफको २७ मिनेटमा किरण राइले फ्री किक मार्फत गोल गरे पनि सो गोल जितको लागि पर्याप्त भएन ।
खेलको म्यान अफ दि म्याच हुँदै डाँगीहाटका शेखर लिम्बुले नगद पुरस्कार रु.१ हजार ५ सय प्राप्त गरे ।मङ्गलबार डाँगीहाट युथ क्लब र रोयल फुटबल क्लब दमकबिच पहिलो सेमिफाइनल खेल हुने छ ।
केराबारी गाउँपालिकाको सहयोगमा भैरहेको प्रतियोगिताको विजेताले ५१ हजार रुपैयाँ र उपविजेताले ३१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।  ८ वटा टिमको सहभागिता रहेकोे प्रतियोगिताको फाइनल आउँदो मंसिर २६ गते हुनेछ ।