सुन्दरहरैंचाका कवि छवि वैरागीकाे कविता कृति ‘आहत हिपत’ विमाेचित
Uttari Morang
छन्द कविका रुपमा परिचित सुन्दरहरैंचाका कवि छवि वैरागी घिमिरेकाे कविता सङ्ग्रह “आहत हिपत” काे शनिबार एक कार्यक्रमबिच लाेकार्पण भएकाे छ ।
सुन्दरहरैंचा नगरपालिकाकाे सभाहलमा संचालन भएकाे कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले घिमिरेकाे कृतिकाे विमाेचन गरेका थिए ।
साे कार्यक्रममा भाषाविद प्रा. डा. टङ्कप्रसाद न्याैपाने, प्रा. डा. वद्रिविसाल पाेखरेल, स्रष्टा समाज बेलबारीका अध्यक्ष हर्कमान तामाङ, विराट साहित्य समाजका अध्यक्ष माेहन काफ्ले, स्रष्टा आचार्य अ, लेखनाथ घिमिरे, भरत गुरागाई लगायतकाे शुभकामना मन्तव्य रहेकाे थियाे ।
हिमाल पहाड तराईकाे समग्रताबाटै नेपाल वनेकाेले याे सामजिक सहिश्रुतालाई वचाएर राख्न आग्रह गरिएकाे घिमिरेकाे कृतिभित्र ५५ वटा कविताहरु सङ्कलित छन् । विमाेचित कृतिमाथि डा. रमेश घिमेरेले टिप्पणी गरेका थिए ।
नाेवेल साकाेस साहित्य प्रतिष्ठान काठमाडाैका अध्यक्ष सरस्वती गाैतमकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे संचालन सुकुना बहुमुखी क्याम्पसका सहायक प्राध्यापक दीपक न्याैपानेकाे रहेकाे थियाे ।




