२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

एकता सामुदायिक वन केराबारीको १३ औं साधारणसभा सम्पन्न, फेरि पनि घनश्याम नै भए अध्यक्ष

Author Uttari Morang
आइतबार, मंसिर २९, २०७६
एकता सामुदायिक वन केराबारीको १३ औं साधारणसभा सम्पन्न, फेरि पनि घनश्याम नै भए अध्यक्ष
केराबारी १० स्थित एकता सामुदायिक वन उपभोक्ता समुहको १३ औं साधारणसभाले निवर्तमान अध्यक्ष घनश्याम पौडेलकै नेतृत्वमा  नयाँ कार्यसमिति चयन गरेको छ ।
समुहको शनिबार सम्पन्न साधरणसभाले नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ समितिको अध्यक्षमा घनश्याम पौडेल, उपाध्यक्षमा मोहन रिजाल, सचिवमा नरमाया लिम्बु, सहसचिवमा प्रेम लावती र कोषाध्यक्षमा गंगा लिम्बु चयन भएका छन् ।

 समितिका सदस्यहरुमा तप्तवहादुर विक, पविता राई, पृथ्वीवहादुर मगर, दिप्ती थापा मगर, नैनवहादुर लिम्बु, दिलमान थापा र विष्णुमान चयन भएका छन् । यसैगरी साधरणसभाले किशन शाहीको संयोजकत्वमा लोकेन्द्र रिजाल, मोहन नेपाल सदस्य रहनेगरी लेखा समिति समेत चयन गरेको छ ।

साधारणसभाको अवसरमा कार्यसमितिका अध्यक्ष घनश्याम पौड्यालले संस्थाले गरेको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । भने स्थानीय वन महासंघ केराबारीका अध्यक्ष एवं कार्यसमितिका सह सचिव खगेन्द्र प्रसाद सूवेदीले आ.व.२०७६/०७६ को ७९ लाख ६७ हजार ४ सय ३८ रुपैया आयव्याय सहितको लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभामा केराबारी गाउँपालिका प्रमुख रोहित वहादुर कार्कीले सामुदायिक वन सम्बन्धी ऐन कानुनको अभाव तथा नीतिगत कुरामा केही अप्ठ्यारा भएपनि एकता वन समुहले गरेको कार्यको प्रशंसा गर्दै सामुदायिक वन संरक्षणको नाममा हुने गरेका वन विनास तथा चोरी तस्करी नियन्त्रण अझै प्रभावकारी हुनुपर्ने बताए  ।

साढे चार सय बढी उपभोक्ता रहेको सो वन समुहले वार्षिक साधारण सभाको अवसरमा डेढ दर्जन बढी जेष्ठ नागरीकहरुलाई दोसल्ला प्रमाणपत्र सहित सम्मान गरेको छ । सम्मानित हुनेहरुमा ७० वर्ष माथिका जेष्ठ सदस्यहरु छन् ।

त्यसैगरी कार्यसमितिमा रहेर वन संरक्षण र  जिम्मेवारीमा महत्वपुर्ण भूमिका निर्वाह गर्दै सहयोग पुर्याए बापत कार्यसमितिका पुर्व पदाधिकारी तथा हाल कर्मचारीको रूपमा कार्यरत सुर्यवहादुर थापा, कार्यसमितिका सदस्यहरु प्रेम वहादुर लिम्बु, दिलमान थापा र नरेस कन्दंंम्बा, लगायतलाई पनि पुरस्कृत गरिएको छ ।