२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

एउटा एसएमजी सहित सुनसरीमा भेटिए झण्डै १० हजार थान गोलीगठ्ठा, जनयुद्धकालकै भएको आशंका

Author Uttari Morang
आइतबार, पुष ०६, २०७६
एउटा एसएमजी सहित सुनसरीमा भेटिए झण्डै १० हजार थान गोलीगठ्ठा, जनयुद्धकालकै भएको आशंका

सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ मा कुखुरा पाल्ने खोर मुनि एउटा एसएमजी हतियारसहित ९ हजार ९ सय ८२ राउण्ड गोली फेला परेका छन्  ।

स्थानीय खेमराज प्रधानको घर नजिकै कुखुराको खोर रहेको जमिनमुनि एक थान एस.एम.जी सहित बिभिन्न हतियारमा प्रयोग हुने ९ हजार ९ सय ८२ राउण्ड गोली फेला परेको हो ।

नेपाली सेनाको पुर्वी पृतना मुख्यालय इटहरीले बिशेष सुचना पाएपछि सेनाको टोलीले त्यहाँ पुगेको थियो ।  टोलीले एउटा हतियार सहित जमिन मुनीबाट गोली निकालेको हो ।
करिब ५ बर्ष अगाडि ढलाई गरेर निमार्ण गरेको कुखराको खोरमा भेटिएका हतियार र गोली तत्कालिन द्धन्द्धकालमा प्रयोग भएका सामग्री हुनसक्ने अनुमान गरिएको छ ।

सुरक्षाकर्मीले मुचुल्का उठाउंँदै हतियार नियन्त्रणमा लिए पनि  यो कहिले र कस्ले जमिन मुनी राखेको भन्नेबारे अनुसन्धान भइरहेको  सुनसरीका प्रहरी उपरीक्षक यज्ञबिनोद पोखरेलले बताए ।

गोली तिन वटा प्लाष्टिकको ड्रममा व्यवस्थित ढंगले जमिन मुनी राखिएको अबस्थामा भेटिएकोले माओवादी जनयुद्ध कालमा लुकाइएको हुनसक्ने अनुमान गरिएको छ । नेपाली सेनाको बिशेष सक्रियतामा जमिन मुनिबाट निकालिएका एक हतियारसहितका गोलीलाई कानुनी प्राबधान अनुसार सुरक्षित राखिने प्रहरीले जनाएको छ । हतियार राखिएको बारे आफुहरुलाइ कुुनै जानकारी नभएको प्रधान परिवारले दाबी गरेको  छ ।