२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
खबर

बेलबारीमा शुरु भो सिल्भर भोलेन्टीयर्स कार्यक्रम, पुर्व शिक्षकहरुले पनि पाउने भए काम

Author Uttari Morang
बुधबार, पुष १६, २०७६
बेलबारीमा शुरु भो सिल्भर भोलेन्टीयर्स कार्यक्रम, पुर्व शिक्षकहरुले पनि पाउने भए काम

केशब प्रसाद आचार्य पुर्व शिक्षक हुन् । लामो समयसम्म बिद्यालयमा पठन पाठन गराएर रिटायर पछि अहिले उनी घरमा अराम गरीरहेका छन् । वालवालिकासंँग बिद्यालयमा दिन बिताउने गरेका आचार्यलाई दिन विताउन नै समस्या परिरहेको छ । यस्तै अमृत श्रेष्ठलाई पनि आचार्यको जस्तै रात विते दिन कसरी विताउने भन्ने चिन्ता छ ।

तर बेलबारी नगरपालिकाले सुरु गरेको शिल्भर भोलेन्टीयर्स कार्यक्रमले भने  उनीहरूलाई राहत मिल्ने भएको छ । नयाँ ब्यबस्था अनुसार उनीहरु बिद्यालयमा कुर्नै शिक्षक बिदामा बस्नु पर्यो भने पुन बिद्यालयमै गएर पठन पाठन गर्न पाउने भएका छन् ।

सोमवारदेखि सुरु भएको उक्त कार्यममा तिन जना पुर्व शिक्षक सहित १८ जनाले सहभागिता जनाएका छन् । सामुदायिक बिद्यालयमा पठन पाठनको गुणस्तर बढाउने उदेश्यले नगरपालिकाले शिल्भर भोलेन्टीयर्स कार्यक्रम लागु गरेको हो । शिक्षा दिवशको दिन घोषणा गरेर नगरपालिकाले सिल्भर भोलेन्टीयर्स कार्यक्रममा आबद्ध हुनका लागि सुचना नै जारी गरेको थियो ।
सामुदायिक बिद्यालयमा खच्कीरहेको पठन पाठननलाई सुधार गर्नका लागि शिल्भर भोलेन्टीयर्स कार्यक्रम लागु गरीएको नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । जागिर अवधि सकिएका (रिटायर) शिक्षक तथा शिक्षण पेसामा आबद्ध हुनका लागि विभिन्न तालिमहरु लिएका शिक्षकहरुलाई समेटेर कार्यक्रम लागु गरिएको छ ।

सामुदायिक तथा निजि बिद्यालयमा पठन पाठन गराएर छाडेका शिक्षक तथा शिक्षा क्षेत्रमा आबद्ध हुनका लागि विभिन्न तालिम लिएकाहरुलाइ प्राथमिक्ता दिएर कार्यक्रम लागु गरिएको नगरपालिकाकी शिक्षा शाखाकी अधिकृत एलिना बस्नेतले बताईन् ।

बस्नेतका अनुसार एक हप्ता वा सो भन्दा वढी समय बिद्यालयका शिक्षक शिक्षका बिदामा बस्दा भोलेन्टीयर्स शिक्षक शिक्षिकाहरुले पठन पाठन गर्ने छन् । शिक्षक बिदामा बस्दा नगरपालिकालाई जानकारी गरएपछि नगरपालिकाले आबद्ध भएकाहरुलाई पठन पाठनमा खटाउने अधिकृत बस्नेतले बताईन् ।

बिद्यालयमा अध्यन गराए बापत नगरपालिकाले उनीहरुलाई केहि पारीश्रमिक दिईने नगरपालिकाका शिक्षा शाखका प्रमुख भुपेन्द्र कोईरालाले बताए । कोईरालाका अनुसार प्राथमिक तहमा अध्यापन गराउनेलाई दैनिक ५ सय निम्न माध्यमिक तहमा अध्यन गराउनेलाई ७  सय ५० र माध्यमिक तहमा अध्यन अध्यापन गराउनेलाई १ हजार दिइने छ ।
नगरपालिकामा ३२ सामुदायिक बिद्यालय रहेका छन् । जसमा १२ माध्यमिक तथा २० आधारभुत बिद्यालय छन् ।