२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

केन्द्रिय नेताहरू ल्याएर मौनाबुधुकमा कांग्रेसले गर्यो ठुलै कार्यक्रम, कांग्रेसमा थपिए २६ जना

Author Uttari Morang
आइतबार, पुष २०, २०७६
केन्द्रिय नेताहरू ल्याएर मौनाबुधुकमा कांग्रेसले गर्यो ठुलै कार्यक्रम, कांग्रेसमा थपिए २६ जना

नेपाली कांग्रेसले धनकुटाको चौबिसे गाउँपालिकास्थित मौनाबुधुकमा केन्द्रिय नेताहरूको उपस्थितिमा एक भब्य कार्यक्रम सम्पन्न गरेको छ ।

गरिजा प्रसाद कोईराला फाउण्डेशनले गरेको कार्यक्रममा पूर्व उपप्रधान मन्त्री तथा नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला, नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईराला लगााायतका केन्द्रिय स्तरका नेताहरू पनि उपस्थित थिए ।

कार्यक्रममा बोल्दै सिटौलाले गिरिजा प्रसाद कोईरालाले शान्ति प्रक्रिया जग हाल्नु भएकाले नै मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको वताउनु हुदै देशमा र कांग्रेस भित्र समेत सहमती सहकार्य र एकताबाट मात्र अगाडी बढ्न सक्ने बताउनुभयो  ।
कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईरालाले वर्तमान सरकारले प्रेसलाई नियन्त्रण गद ओली सरकार अधिनायकबाद तर्फ लागेकोले कांग्रेस अव नागरिक स्वतन्त्रको पक्षमा अग्रसर भएको वताउनु भयो । उहांँले कांग्रेस एक हु समय अव आएको समेत वताउनु भयो ।
नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल, तेह्थुमका सभापति केदार ढुंगाना, महासमिति सदस्य आनन्द सन्तोषी राई ,उर्लावारी नगरपालिकाका मेयर खड्ग फागो लगायतले कांग्रेसको नेतृत्वमा विकास समृद्धीको अभियान सफल हुने बताएका थिए  ।

जि पि कोईराला फाउण्डेशन प्रदेश नम्वर १ का अध्यक्ष इन्दिरा थापाको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, यूवा नेता कमोट फागो, नेपाल टेड युनियन कांग्रेस १ नम्वर प्रदेशका अध्यक्ष नारायणबाबु कार्की,”नेपाल शिक्षक संघ प्रदेश नम्वर १ का उपाध्यक्ष गंगाराम ढुंगाना, नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य हर्कमान चेम्जोङ, क्षेत्रिय सभापति जितेन्द्र राई, छथर जोरपार्टीका सभापति छत्र सुब्बा, महालक्ष्मीका सभापति ध्रुवराज राय, सहिदभूमीका सभापति तिर्थ राई लगायतले राजनैतिक कान्ति पुरा गरेको कांग्रेसले अव आर्थिक कान्तिको नेतृत्व गर्नु पर्नेमा जोड दिए । कार्यक्रमको संचालन नेपाली कांग्रेसका महासमिति सदस्य दुर्गा वहादुर सुबेदीले संचालन गरेका थिए  ।

कार्यक्रममा सहिद परिवार, प्रजातन्त्र सेनानी ,जेष्ठ कांग्रेसहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गनुहुने २६ जनालाई नेपाली कांग्रेसका केन्द्रिय नेताहरु कृष्ण सिटौला, शेखर कोईराला, जिल्ला सभापति अग्नी प्रसाद पौडेल लगायतले फुलमाला अविर टिका लगाई नेपाली कांग्रेसमा स्वागत गर्दै पार्टी सदस्यता प्रदान गरेका थिए  ।

कांग्रेस नेता  गरिजा प्रसाद कोईरलाले प्रतिपादन गर्नु भएको सहमती, सहकार्य र एकताबाट मात्र संकट टर्ने र मुलुक पनि अगाडी बढ्ने कार्यक्रममा सहभागी कांग्रेसका नेताहरुले बताएका छन्  ।