२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

घुस लिँदालिँदै रङेहात अख्तियारको फन्दामा परे नापी कार्यालय बेलबारीका अमिन

Author Uttari Morang
सोमबार, पुष २८, २०७६
घुस लिँदालिँदै रङेहात अख्तियारको फन्दामा परे नापी कार्यालय बेलबारीका अमिन

घुस लिएको आरोपमा नापी कार्यालय बेलबारीका नापी सर्वेक्षक (अमिन) दिनेश कुमार साह पक्राउ परेका छन् ।

सेवाग्राहीसँग सात हजार रकम घुस लिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले साहलाई पक्राउ गरेको हो ।

सोमवार दिउंँसो मोरङको बेलबारी १० भाउन्ने स्थित पदम बहादुर श्रेष्ठको जग्गा नापेर गरी सिमाङ्कन गर्न आएका शाहले घुस मागेको गोप्य सूचनाका आधारमा अख्तियारको टोली परिचालन भएको थियो । साह स्थानीय नरबहादुर तामाङबाट घुस रकम लिंँदालिंदै पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका निमित्त  प्रमुख उपसचिव ज्ञानेन्द्र ढकालले बताए ।

साहलाई अख्तियारको केन्द्रिय कार्यालयको टोलीले अनुसन्धान गर्ने अख्तियार स्रोतले जनाएको छ ।