२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

मोरङका सबै स्थानीय तहमा तोकिए नेकपाका इन्चार्ज, जिल्ला कमिटी बिस्तारसँगै सचिवालय पनि गठन

Author Uttari Morang
मंगलबार, पुष २९, २०७६
मोरङका सबै स्थानीय तहमा तोकिए नेकपाका इन्चार्ज, जिल्ला कमिटी बिस्तारसँगै सचिवालय पनि गठन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङले जिल्ला कमिटी बिस्तार तथा स्थानीय तहका इन्चार्ज तथा निर्वाचन क्षेत्रका संयोजक र सह संयोजक तोक्दै जिल्लाको पार्टी एकता टुंग्याएको छ ।

नेकपा माेरङ अध्यक्ष ऋषिकेश पोखरेलकाे अध्यक्षता र केन्द्रीय सदस्य धनेन्द्र बस्नेत, गोपी अछामी, देउमान सम्वाहाङ्फे र महेश रेग्मीको उपस्थितिमा भएको जिल्ला कमिटी बैठकले १६ वटा स्थानीय तहको इञ्चार्ज, १२ वटा प्रदेशसभाका निर्वाचन क्षेत्र र ६ वटा प्रतिनिधीसभा निर्वाचन क्षेत्रका संयोजक र सहसंयोजकसहित सदस्यहरुको टुंगो लगाएको हो ।

कुन स्थानीय तहमा को इन्चार्ज ?

मोरङका स्थानीयमध्ये बेलबारी नगर इञ्चार्जमा इरान राई, रंगेली नगर इञ्चार्जमा दिपिल बगडिया, लेटाङ नगर इञ्चार्जमा भुपेन्द्र लावती, पथरीशनिश्चरे नगर इञ्चार्जमा दीननाथ तिम्सिना, उर्लाबारी नगर इञ्चार्जमा मानबहादुर श्रेष्ठ, रतुवामाई नगर इञ्चार्जमा सुमन कालिकोटे, सुन्दरहरैचा नगर इञ्चार्जमा सुरेन्द्रबहादुर थापा, सुनबर्सी नगर इञ्चार्जमा गोपालबहादुर थापाले जिम्मेवारी पाएका छन् ।

त्यस्तै जहदा गाउँपालिका इञ्चार्जमा श्याम मण्डल, कटहरी गाउँपालिका इञ्चार्जमा प्रदिप साह, केरावारी गाउँपालिका इञ्चार्जमा टेकबहादुर लिम्बु, बुढीगंगा गाउँपालिका इञ्चार्जमा बलभद्र सरदार, कानेपोखरी गाउँपालिका इञ्चार्जमा राजेन्द्रप्रसाद मण्डल (अभिनाष), धनपालथान गाउँपालिका इञ्चार्जमा श्रवण पाशवान, ग्रामथान गाउँपालिका इञ्चर्जमा गुणवती धामी, मिक्लजुङ गाउँपालिका इञ्चार्जमा प्रेम मिभक तोकिएका छन् ।

जिल्ला कमिटी बिस्तार 

बैठकले जिल्ला कमिटीमा थप ४६ जनालाई मनोनित गरेको छ । मनोनित गरेसँगै यसअघि १ सय ६१ सदस्यीय रहेको जिल्ला कमिटी २ सय ७ सदस्यीय भएको छ ।

कुन निर्वाचन क्षेत्रमा को बने संयोजक ?

प्रतिनिधिसभा निर्वाचन क्षेत्र अनुसार क्षेत्र नम्बर १ मा भुपाल जिमी, क्षेत्र नम्बर २ मा प्रकाश पौडेल, क्षेत्र नम्बर ३ मा खेमराज भट्टराई, नम्बर ४ मा बाबुराम कार्की, क्षेत्र नम्बर ५ मा  धर्मानन्द सञ्जेल र क्षेत्र नम्बर ६ मा अजम्बर राई संंयोजक तोकिएका छन् ।

तोकिए बिभागीय प्रमुखहरु पनि 

जिल्ला कमिटीले स्थानीय तह विभाग प्रमुखमा रामलाल साह, बुद्धीजीवी विभाग प्रमुखमा अर्जुनराज अधिकारी, विद्यार्थी फांँट प्रमुखमा ओसिम आलम, शिक्षा तथा मानव स्रोत विभाग प्रमुखमा जिम्मेवारी चण्डीप्रसाद राइ, पेशागत महासंघ प्रमुखमा नरमाया भट्टराई, युवा तथा खेलकुद विभाग प्रमुखमा पर्शुराम बस्नेत, सहकारी विभाग प्रमुखमा भेषनाथ रिजाल, संगठन विभाग प्रमुखमा महेश भट्टराई र स्कुल विभाग प्रमुखमा रुपेश खतिवडालाई जिम्मेवारी दिएको छ ।

६९ सदस्यीय सचिवालय कमिटी गठन

नेकपाले ६९ सदस्यीय सचिवालय कमिटी पनि गठन गरेको छ ।

नेकपाकाे जिल्ला सचिवालयमा ऋषिकेश पोखरेल, गणेश उप्रेती, रामलाल साह, बाबुराम कार्की, खेमराज भट्टराई, अजम्वर राई, अर्जुनराज अधिकारी, ओसीम आलम इरान राई, इश्वरी आचार्य, किरण चौधरी, कुमारी राई, केदारप्रसाद गुरागाँई, कृष्ण लम्साल, चण्डीप्रसाद राई, जितनारायण सरदार, टेकबहादुर विष्ट, डिल्लीराम दाहाल, तिलकप्रसाद राई, दिलिप अग्रवाल, दीनानाथ तिम्सिना, धना तामाङ, धर्मानन्द संजेल, ध्रुव महत, नन्दराज गिरी, पर्शुराम बस्नेत, पर्शुराम सुवेदी, पारुल क्षेत्री, सुमन कालिकाेटे, प्रकाश पौडेल, प्रेम मिभक,महेश भट्टराई , रुपेश खतिवडा, लता न्यौपाने, विवेक गौतम, ज्ञानेन्द्र सुवेदीलगायत छन् ।