२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

बेलबारी जेसिसकाे चाैथाे पदस्थापना तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न

Author Uttari Morang
शुक्रबार, माघ ०३, २०७६
बेलबारी जेसिसकाे चाैथाे पदस्थापना तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न

बेलबारी, माेरङ/ बेलबारी जेसिसको चाैथाे पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

बेलबारी १ मा रहेकाे सांस्कृतिक सभाहलमा शुक्रबार एक कार्यक्रमकाे आयाेजना गरी राजेश खत्रीकाे अध्यक्षतामा रहेकाे वर्ष २०२० काे नयाँ समितिलाई पद हस्तान्तरण गरेकाे छ।

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले पदस्थापना तथा पुरस्कार वितरण समाराेहकाे उद्घाटन गरे। साे अवसरमा सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल, बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुली, नेपाल जेसिसका राष्ट्रिय आईपिपी कृष्ण सापकाेटा, उद्याेग वाणिज्य सङ्घका वरिष्ट उपाध्यक्ष राजेशजङ्ग कार्की, युवा जागरण अभियानका अध्यक्ष सुजित बस्नेत, महिला अधिकार मन्च प्रदेश नं १ का अध्यक्ष सीता सुवेदी लगायतकाे उपस्थिति थियाे ।

प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले युवाहरुकाे नेतृत्वदायी संस्था जेसिसकाे भूमिकाकाे प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै महत्वपूर्ण भूमिकाकाे अपेक्षा पनि गरेका थिए । सुवेदीले आफू व्यक्तिगत तथा नगरकाे तर्फबाट पनि जेसिजलाई सहयाेग गर्न तयार रहेकाे वताए ।

साे अवसरमा सुन्दरहरैंचा नगरपालिका प्रमुख शिवप्रसाद ढकाल, बेलबारी नगरपालिका उपप्रमुख ढाकाकुमारी पराजुली, नेपाल जेसिस राष्ट्रिय आईपिपी कृष्णप्रसाद सापकाेटा लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

साे अवसरमा वर्षाेत्कृष्ठ कार्यक्रम संयाेक भूवन कार्की, उत्कृष्ठ सदस्यकाे रुपमा निकेश प्रसाईं, सुनिता तिवारी हुमागाई र केही खेलाडीहरुलाई समेत पुरस्कृत गरिएकाे थियाेे ।

कार्यक्रममा धिमाल सहित अन्य जातिका विविध सांस्कृतिक प्रस्तुति समेत रहेका थिए । नव गठित समितिका अध्यक्षलाई निवर्तमान अध्यक्ष दिपेन्द्र खुलालले पद तथा चेन हस्तारतरण गरेका छन् ।