२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

दाताको सहयोगमा बेलबारीमा बन्नेभो ट्रमा सेन्टर सहितको अस्पताल , मेयरले दिनेभए २ विघा जग्गा

Author Uttari Morang
सोमबार, माघ ०६, २०७६
दाताको सहयोगमा बेलबारीमा बन्नेभो ट्रमा सेन्टर सहितको अस्पताल , मेयरले दिनेभए २ विघा जग्गा

मोरङको बेलबारीमा बिदेेशी दातृ संस्थाको सहयोगमा ट्रमा सेन्टरसहितको अस्पताल बन्ने भएको छ ।

एक बेलायती संस्थाको सहयोगमा ट्रमा सेन्टर अस्पताल बन्ने भएको हो । जग्गा उपलब्ध गराए ट्रमा सेन्टर अस्पताल बनाउनका लागि सहयोग गर्ने दातृ निकायको आश्वासन आएपछि नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले २ विघा जग्गा दिने घोषणा गरेका छन् । सम्बृद्ध नगर खुसी नगरवासी भन्ने नगरपालिकाको नारालाई साकार बनाउन आफुले जग्गा दिने निर्णय गरेको मेयर सुवेदीले बताए । मेयरले दिने जग्गा करिब दुुई करोड पर्ने बताइएको छ ।

ट्रमा सेन्टर चोट पटकबाट मृत्युको मुखमा पुगेका घाइतेहरूलाई जीवन दिने ठाउँ मानिन्छ। दुर्घटना वा प्रकोप स्थलबाट गम्भीर घाइतेलाई ट्रमा सेन्टर र्पुयाउन सके चोटपटकका बिरामीहरू पहिलाकै अवस्थामा फर्किन सक्ने मेयर सुवेदी बताउँछन् । ट्रमा सेन्टरसँगै १५ वेडको अस्पताल समेत संचालन गरिने उनले बताए ।

मेयर सुवेदीले यसअघि एक जनयुद्ध प्रतिष्ठान नेपाललाई ८ बिग्गाहा जग्गा दान दिई सकेका छन् । बेलबारी बजार नजिकै रहेको सो जग्गामा जनयुद्ध स्मृति प्रतिष्ठानले संग्रहालय निर्माणको डिपिआर बनाई सकेको छ । संग्रहालयमा कम्युनिस्ट आन्दोलन तथा जनयुद्धको इतिहास झल्कने गरी पार्क निर्माण गरिनेछ ।

संग्रहालयमा शान्ति सम्झौतामा हस्ताक्षर गर्ने तत्कालीन माओवादीका अध्यक्ष प्रचण्ड, कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला, पुष्पलाल, मदन भण्डारी तथा विभिन्न समयमा सहिद भएकाहरूको सालिक समेत राखिनेछ । संग्रहालयमा नेपालमा विभिन्न समयमा भएका जनयुद्धसँग सम्बन्धित सामग्रीहरू पनि राखिने प्रतिष्ठानका अध्यक्ष शावित्री कुमार काफ्लले बताए ।