२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

पाठेघरका विरामी महिलाहरुलाई घोपामा लगेर उपचार गराउंँदै बेलबारी नगरपालिका 

Author Uttari Morang
बुधबार, माघ ०८, २०७६
पाठेघरका विरामी महिलाहरुलाई घोपामा लगेर उपचार गराउंँदै बेलबारी नगरपालिका 

बेलबारी नगरपालिकाले केहि दिनअघि गरेको स्वास्थ्य शिबिरमा पाठेघरको सक्रमण देखिएका विरामीहरुलाई विपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा लगेर नि:शुल्क उपचार गराएको छ । पाठेघरका ७ जना विरामीहरुलाई नगरपालिकाले आफनै गाडीमा लगेर उपचार गराएको हो ।

बेलबारीको वाहुनी प्राथमिक स्वास्थ्य केन्द्र तथा कसेनी , बेलबारी , डांँगिहाट स्वास्थ्य चौकी र आधारभुत स्वास्थ्य केन्द्रमा गरिएको स्वास्थ्य शिवरमा भेटिएका पाठेघरको संक्रमण भएका विरामीहरुलाई उपचार गराइएको नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक सन्तोष बिश्वकर्माले बताए ।

महिलाहरुमा दैनिक रोग बढ्दै जान थालेपछि नगरपालिकाले दुई हप्ताअघि महिला लक्षित स्वास्थ्य  शिबिर गरेको थियो ।
शिबिरमा ८ सय १४ जना महिलाको स्वास्थ्य परिक्षण गर्दा ९ जना महिलामा सक्रमण भेटिएको थियो । त्यसबाहेक ६० बर्ष भन्दा माथिका ५ जना महिलाहरुलाई रिङपेसरी समेत लगाइएको थियो । शिविरमा आङ खस्ने समस्याका १३ जना विरामीहरुको भेटिएका थिए । स्वास्थ्य शाखाका संयोजक बिश्वकर्माले अन्य ८ जनाको केहि समयपछि सल्यक्रिया गरिने बताए ।

नगरपालिकाले मृगौला, मुटु, बोनम्यारो, स्पाइनल इन्जुरी, र क्यान्स जस्ता गम्भीर पाँच प्रकृतिका बिरामीलाई  २५ हजारका दरले उपचार खर्च दिदै आएको छ । त्यस क्रममा तीन सय भन्दा वढी बिरामीहरुलाई २५ हजारका दरले राहत दिइसकेको नगरपालिकालेे जनाएको छ ।